समचार ||
सिर्श समचार ||
पुराना समचारहरु ||
खोज्नुहोस् ||
2nd Ambulance and Nepal Visit Album
;गुल्मीको सेयर बिक्री खुल्ला<
 br>
गुल्मी विकास बैंकको ७५ लाख रुपैयाँबराबरको ७५ हजार कित्ता साधारण सेयर बिहीबारदेखि सर्वसाधारणमा बिक्री खुल्ला गरिएको छ । १ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको साधारण सेयर बिक्रीपछि चुक्ता पुँजी २ करोड ५० लाख रुपैयाँ पुग्नेछ । सेयर खरिदकर्ताले जेठ ८ गते सोमबारसम्म सेयर खरिदका लागि आवेदन दिन सक्छन् । त्यसअवधिमा सेयर बिक्री नभए बैंकले जेठ १८ सम्म सेयर आवेदन लिन सक्ने बताएको छ । न्यूनतम ५० देखि अधिकतम १० हजार कित्ता सेयर खरिद गर्न सकिने व्यवस्थाका लागि बैंकले १० वटा संकलन केन्द्र तोकेको छ । आव २०६८÷०६९ देखि २०७०÷०७१ सम्म १० प्रतिशतका दरले लाभांश बाँड्ने प्रस्ताव गरेको बैंकले २०६९÷७० मा चुक्तापुँजी बढाएर ४ करोड पु¥याउने आह्वानपत्रमा उल्लेख छ । हाल गुल्मी जिल्लामात्र कार्यक्षेत्र रहेको बैंकले २०६६ असोज ८ देखि तम्घास, पुतलीबजारबाट वित्तीय कारोबार सुरु गरेको हो । बैंकको ७० प्रतिशत सेयरको स्वामित्व १८ जना संस्थापकसँग छ ।
चालू आवको चैतसम्म ४४ लाख ३८ हजार सञ्चितकोष रहेको बैंकले यसअवधिमा ३० करोड २५ लाख ४७ हजार निक्षेप संकलन गरी १७ करोड १५ लाख ५९ हजार ऋण लगानी गरेको छ । यसअवधिमा बैंकको पुँजीकोष ११.५६ प्रतिशत र राष्ट्र बैंकको निर्देशनबमोजिम कर्जा निक्षेप अनुपात ५३.६ प्रतिशत कायम छ । बैंकले चैत मसान्तसम्म ३५ लाख ८४ हजार खुद नाफा गरेको छ । बैंकले जिल्लामा परम्परागत बैंकिङका साथै लघुवित्त कारोबारलाई प्राथमकितामा राखेको प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी शर्माले बताए ।
बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्रोमर मर्चेन्ट बैंकर रहेको छ ।
कारोबार दैनिकबाट
--
Posted By Admin to
Gulminews.com at 5/18/2012 02:26:00 PM
लगातारको बन्दले जनजीवन कष्टकर, साँझ ५ बजे बन्द खुलेपछी राहत महशुस
विष्णु पौडेल
दुई दिनदेखिको लगातारको वन्दले गुल्मी सहित आसपासका क्षेत्रको जनजीवन प्रभावित भएको छ । संविधान निर्माणको समय छोँटिँदै जाँदा नयाँ संविधानमा आफ्ना हक अधिकार सुनिश्चित गर्नका लागी दवाव दिन भन्दै विभिन्न राजनितीक तथा जातीय संगठनले वन्दको आह्वान गरेका हुन् । जातीय राज्यको विरोध र आदिवासीमा आफुहरुलाई पनि सुचिकृत गर्नुपर्ने माग राख्दै संयुक्त संघर्ष समितीले हिजोदेखि शुरु गरेको अनिश्चित कालिन आमहड्ताल गएराती फिर्ता लिएपनि आज फेरी राप्रपा नेपालले गरेको वन्दका कारण जिल्लाको जनजीवन प्रभावित भएको हो ।
नेपाललाई हिन्दु राष्ट्र घोषणा र संघीयताको वारेमा जनमत संग्रह गर्नुपर्ने माग राख्दै राप्रपाले आज एकदिन नेपाल वन्दको घोषणा गरेको थियो । वन्दका कारण गुल्मीको सदरमुकाम तम्घासमा कुनै पनि सवारी साधन नचल्दा २ दिनदेखि यात्रुहरु अलपत्र परेका छन् । जिल्लावाट वाहिने र भित्रने यात्रुहरु सदरमुकाम तम्घासमै अलपत्र परेका छन् । वन्दले तम्घासमा जारी भारतीय भुतपुर्व शैनिक पेन्सन क्याम्प पनि प्रभावित भएको छ । वन्दले यातायातका साधन नचल्दा जिल्लाका विभिन्न स्थानवाट पेन्सन वुझ्न तम्घास आउने भुतपुर्व सैनिकहरुलाई पनि सास्ती भएको छ भने कतिपय हिडेरै पेन्सन वुझ्न आउन वाध्य भएका छन् । वन्दले गुल्मी सहित वाग्लुङ, प्युठान, पाल्पा, अर्घाखाँची लगायतका जिल्लाहरुको जनजीवन पनि प्रभावित वन्दले गुल्मीको जनजीवन भएको छ । साँझ ५ वजेपछि वन्द खुलेपछि स्थानीय वासीले केही राहतको महसुस गरेका छन् ।
;राज्य पुर्नसंरचनाका लागि गरिएको प्रादेशिक विभाजनप्रती असन्तुष्टी
राज्य पुर्नसंरचनाका लागि गरिएको प्रादेशिक विभाजनप्रती असन्तुष्टी
हामीहरु यतिबेला नयाँ नेपालको भाग्य र भविष्यको सुनिश्चित गर्ने नयाँ संविधान प्राप्त गर्नका लागि प्रतिक्षारत र आतुर छौं । ३ करोड नेपाली र सिंगो नेपालको मौलिक पहिचान दिने संविधान मार्फत देशमा नयाँ शाशकीय स्वरुपको निर्धारण र संघिय राज्यको पुनंरचना गर्ने जनादेश पाएका नेपाली नेतृत्वले पछिल्लो समयमा राज्य पुर्नसंरचनाका लागि गरेको प्रादेशिक विभाजनले गुल्मीबासी एवं समग्र नेपालीहरुलाई असन्तुष्ट एवं आक्रोशित गराएको छ ।
भौगोलिक, धार्मिक, सांस्कृतिक, शैक्षिक तथा आर्थिक रुपले समेत ंिसंगो नेपालकै पहिचान दिने लुम्बिनी अञ्चलका ६ जिल्ला मध्ये गुल्मी, अर्घाखाँची र पाल्पालाई अलग गराई पाँचौं प्रदेश अन्तर्गत संयोजन गरी एउटा छुट्टै प्रदेश बनाउने प्रस्ताव उपर नेपालका तिन ठुला राजनीतिक दलहरु सहमत हुनुले हामी गुल्मीबासीको पहिचान, स्वाभिमान र सम्मानमा आँच पुगेको छ । यसमा गुल्मी जिल्लाबाट संविधान सभामा प्रतिनिधित्व गर्नुहुने सभाषदहरु, सम्पूण राजनीतिक दलका केन्द्रिय स्तरका नेताहरु समेतले गम्भिर रुपले ध्यान नपुर्याएको हामी गुल्मीबासी नागरिकहरुलाई महशुस भएको छ । हामी यसै अपिल मार्फत दलहरुले गरेको प्रादेशिक विभाजनमा गुल्मी जिल्लालाई पनि लुम्बिनी अन्तर्गत नै राख्ने गरी पहल गर्न आग्रह गर्दछौं ।
२६०० वर्षको सांस्कृतिक, ऐतिहासिक र धार्मिक पहिचान बोकेको, एशियाका ज्योति नामले विश्व प्रसिद्ध गौतम बुद्धको जन्मस्थल लुम्बिनी, रुरु क्षेत्र, विशेष गरी लुम्बिनी अञ्चललाई अखण्ड राखी यसको महत्व र महिमालाई प्रगाढ बनाउने कार्यमा बर्तमान सरकार र केन्द्रिय स्तरका नेताहरुको ध्यान पुग्न सकेन । परिणाम स्वरुप लुम्बिनी बिखण्डित भएको छ । नेतृत्वको अदुरदर्शीताको कारण गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल भारतको भुमिमा बन्दै छ । नेपालको प्रसिद्ध धार्र्मिक स्थल लुम्बिनीको ऐतिहासिक र सांस्कृतिक महत्वलाइ बुझेर छिमेकी राष्ट्र भारतले लुम्बिनी, सिद्धार्थनगर र कपिलबस्तु हाम्रा सम्पदा हुन भन्ने भ्रम फैलाईरहेको छ । नेपाल र लुम्बिनीको ऐतिहासिक सम्बन्ध टुटाउने प्रयास गरिरहेको छ । यस संवेदनशील घडिमा ‘लुम्बिनी’लाई अखण्ड राखी यस अञ्चल लगायत वरीपरीका अन्य क्षेत्रहरु हिमाल, पहाड, तराई जस्ता भौगोलिक विविधता, जाती, जनजाती, विभिन्न भाषा धर्म, प्राकृतिक एवं सास्कृतिक छटाहरुलाई समेटेर सामथ्र्य र पहिचान सहितको लुम्बिनी प्रदेश निर्माणको खाका तयार पार्नु त परै जावस, लुम्बिनी अञ्चललाई नै बिखण्डन गरी तयार पारेको यो प्रस्तावलाई पुर्नबिचार गरी देशका प्रमुख राजनीतिक दलहरुका बिचमा सहमत भएको राज्य पुर्नसंरचनाको आधार ‘सामथ्र्य र पहिचान’ लाइ कायम गरी लुम्बिनी प्रदेश गराउन र गुल्मी जिल्लालाई उक्त प्रदेशमा समावेश गर्न हामी जोडदार माग गर्दछौं ।
हामीले अगाडी सारेका कार्यक्रमहरु न त संघियता विरोधी हुन्, न त कुनै अन्य पहिचानलाइ प्रतिकुल प्रभाव पार्नका लागि हुन । बरु राज्यको पुर्नसंरचना गर्दा सिंगो राष्ट्रको गरिमा र बिरासतलाई उचों बनाईरहेको लुम्बिनीको नामबाट एउटा प्रदेशको निर्माण गरी लुम्बिनी र गौतमबुद्धसंग हाम्रो पहिचान कायम राख्नु हो ।
गुल्मी जिल्ला र लुम्बिनीको सम्बन्धको कुरा गर्दा हामी गुल्मीबासीलाइ जति नेपाली हुनुमा गर्वको अनुभुती छ, त्यति नै लुम्बिनीबासी हुनुमा छ । भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीसंग हाम्रो सांस्कृतिक सम्बन्ध मात्र होइन, आर्थिक सम्बन्ध अझ बढी प्रगाढ गर्नका लागि समेत हामी लुम्बिनीसंग संगै रहेर आगाडी बढ्न जरुरी छ । युनेस्कोले विश्व सम्पदा सुचिमा राखेको लुम्बिनी विश्वका अधिकांश मुलुकका पर्यटकहरुको गन्तब्य स्थल बनेको छ । उक्त क्षेत्रमा आउने पर्यटकहरुलाई गुल्मी जिल्लामा भित्र्याई हाम्रा प्रसिद्ध स्थलहरु पबित्र रुरु क्षेत्र, ऋष्यश्रृङ्गयको तपोभुमी रेसुंगा, बिचित्र गुफा, मदाने क्षेत्र, दिब्रुङ्ग, कुर्घा मालिका लगायतको क्षेत्रहरुको विश्वसमुदायमा पहिचान गराउन सके पर्यटन उद्योग संचालनमा आउने र उक्त उद्योगहरु मार्पmत रोजगार र आयआर्जनमा बृद्धि गरी आर्थिक सम्पन्नता हासिल गर्न सकिन्छ ।
यस प्रस्तावित राज्यको पुर्नसंरचनाले हामी गुल्मीबासीको तराईसंगको आर्थिक तथा व्यवसायीक सम्बन्ध बिच्छेद गराउने निश्चित छ । हाम्रा बासहरु गुल्मी जिल्लामा भएतापनि गासका स्रोत तराई नै हो । यो गुल्मी जिल्लाको मात्र चासोको विषय होइन । गुल्मी, पाल्पा र अर्घाखाँची जिल्लाबासीहरुका लागि एउटै साझा आवश्यकता पनि हो । त्यसैले हामी सम्पूर्ण गुल्मीबासीहरुले जेठ १४ गते नयाँ संविधान घोषणा हुनुपुर्व सरकारलाई प्रस्तावित राज्य पुर्नसंरचनाको खाका पुनराबलोक र परिवर्तनका लागि विभिन्न दबाब मुलक कार्यक्रम गर्न अपरिहार्य भएको छ ।
विभिन्न राजनीतिक दल, दलका नेताहरुको अदुरदर्शीताका कारण फेरी एक पटक हामी र हाम्रा भावी सन्ततीहरुका लागि आपैmले निर्वाचित गरेका सभाषदहरु र नेताहरुले गरेको निर्णयको विपक्षमा उभिन बाध्य भएका छौं । त्यसैले ‘अखण्ड लुम्बिनी बचाउ अभियान समिति’ले तय गर्ने विभिन्न र्याली जुलुस, कोणसभा, धर्ना, बन्द, आमहडताल जस्ता कार्यक्रमहरुमा आफ्नो नैतिक, भौतिक र आर्थिक सहभागिता जनाई अखण्ड लुम्बिनी कायम राख्ने, लुम्बिनी बचाउने अभियानमा सहयोग गर्न हामी सम्पूर्ण गुल्मीबासी जनसमुदायमा हार्दिक अपिल गर्दछौं ।
अखण्ड लुम्बिनी बचाउ अभियान संघर्ष समिति
गुल्मी
मिति ः २०६९/२/२
--
Posted By Admin to
Gulminews.com at 5/16/2012 10:42:00 PM
पाल्पा-गुल्मी हत्याकाण्ड एउटै गिरोहबाट, प्रहरिद्वारा उनिहरुलाई सिरियल किलरको संज्ञा
गगनशिला खड्का
गत साता गुल्मी र पाल्पामा भएको हत्याकाण्ड एउटै आपराधिक गिरोहबाट भएको रहस्य खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले हत्यामा संलग्नहरूलाई पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो । हत्यामा संलग्न भएको आरोपमा अर्घाखाँची-१ का २१ बर्षिय टीकाराम सुनार, राजु भन्ने १९ बर्षिय तुलसी नेपाली र पाल्पा तानसेनका रोहित शाहीलाई पक्राउ गरिएको छ ।
'एउटै समूहबाटै दुवै हत्याकाण्ड भएको पत्ता लागेको छ,' प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारले भने, 'फिल्मी शैलीमा हत्याकाण्ड मच्चाउने उनीहरू पक्राउ नपरेको भए अझ ठूला घटना घटाउने योजनामा थिए ।' उनीहरू सिरियल किलर रहेको प्रहरीको भनाइ छ ।
गुल्मीकै नयाँगाउँ-५ को किम्पानी जंगलमा लुकेर बसेको अवस्थामा टीकाराम पक्राउ परेपछि घटनाको रहस्य खुलेको प्रहरीले बताएको छ । प्रहरी नायब उपरीक्षक बैदवारले भने, 'गएराति किम्पानी जंगलमा टीकाराम पक्राउ परेपछि रातारात पाल्पा पुगेर तुलसी र शाहीलाई पनि पक्राउ गरेका हौँ ।' प्रारम्भिक अनुसन्धानमा तुलसी दुवै हत्याकाण्डका संलग्न रहेको खुलेको प्रहरीको भनाइ छ । तर, शाही पाल्पा र सुनार गुल्मी घटनामा संलग्न रहेको बैदवारले बताए ।
२१ वैशाखमा पाल्पाको बराङ्दी-२ घारेखोलामा गाई चराउन गएका चिर्तुङ्धारा-८ माझटोलकी ६५ वषर्ीया भुनिकला गाहा र सोही ठाउँकी सिपाही बज्यै भनेर चिनिने ६० वषर्ीया कुमारी गाहाको हत्या भएको थियो ।
त्यसको चार दिनपछि गुल्मीकोे हस्तीचौर-६ राम्चेका ७६ वषर्ीय भविलाल विक र उनकी श्रीमती ७४ वर्षकी सेती विकको हत्या भएको थियो । गुल्मीका विक दम्पतीको हत्यामा संलग्न टीकाराम उनीहरूका आफ्नै भान्जा हुन् ।
हत्यामा संलग्न गिरोहले गहना र पैसाका लागि हत्या गरेको प्रहरीले जनाएको छ । हत्याराहरू भारतमा काम गर्ने र हत्याका योजनाका साथ भर्खरैमात्र नेपाल छिरेको प्रहरीको भनाइ छ ।
गुल्मी जिल्लाका सम्पूर्ण शैक्षिक संस्थाहरु दश दिनकालागि वन्द
जनार्दन घिमिरे
गुल्मी, ४ जेठ विभिन्न संघ संगठनहरुको वन्ध तथा आम हड्तालका कारण विद्यार्थीहरुको असुरक्षाको कारण देखाउँदै आजदेखि गुल्मी जिल्लाका सम्पूर्ण शैक्षिक संस्थाहरु वन्द गर्ने निर्णय गरिएको छ । जिल्ला शिक्षा कार्यालयमा आज वसेको विभिन्न संघ संगठनहरुको वैठकले विद्यालयहरुले पाउने ४५ दिने वर्षे विदावाट कटिने गरि १० दिनसम्म जिल्लाका सम्पूर्ण विद्यालयहरु वन्द गर्ने निर्णय भएको जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले वताए । आन्दोलनका क्रममा विद्यार्थीहरुलाई असुरक्षा हुन सक्ने र यातायातको समस्या समेत भोग्नु पर्ने लगायतका असुविधाहरुलाई मध्यनजर गर्दै यसरी जेठ १४ सम्म विद्यालय वन्द गर्ने निर्णय गरिएको विभिन्न संघ संगठन र युनियनले वताएका छन् । यसरी विद्यालयहरु वन्द हुँदा गुल्मी जिल्लाका सामुदायीक र संस्थागत गरि ६ सय ५८ विद्यालयहरुका ७० हजार विद्यार्थीहरुको पठन पाठन प्रभावित हुने भएको छ ।
जिल्लाको जनजीवन प्रभावित, वसमा तोडफोड
जनार्दन घिमिरे
गुल्मी, ४ जेठ संयुक्त संघर्ष समितिले गुल्मीले आज सरकारको पुत्ला दहन गरेको छ । राष्ट्रिय अखण्डता र जातीय राज्यको विरोधमा आन्दोलनकारीहरुले सरकारको पुत्ला दशन गरेका हुन् । व्रामण, क्षेत्री, दशनामी, सन्यासी, ठकुरी, दलीत लगायतलाई आदिवासीमा सुचीकृत गर्नु पर्ने उनीहरुको माग रहेको छ । सदरमुकाम तम्घासको उदीनढुङ्गा वाट सयौंको संख्यामा निकालिएको पुत्लासहितको जुलुसले वजार परिक्रमा गरि जिल्ला प्रशासन कार्यालय अगाडि पुगि उक्त पुत्ला दहन गरेका थिए । वन्द कार्ताहरुले आज वेलुकि लु १ ख ५७९५ वम्वरको वसमा समेत तोडफोड गरेका छन् । तम्घासको पुतलीवजार नजिकै नम्वर थाप्दै गरेको अवस्थामा उक्त वस तोडफोड गरिएको वताइएको छ । तोडफोडवाट वसको सिसाहरु फुटेका छन् ।
संयुक्त संघर्ष समितिले आज गरेको आम हडतालका कारण आज गुल्मी जिल्लाको जनजीवन प्रभावित वनेको छ । वन्दका कारण एम्वुलेन्स, सुरक्षाकर्मि तथा पत्रकारहरुका सवारी साधन वाहेकका अन्य सम्पूर्ण सवारी साधनहरु दिनभर ठप्प वनेका थिए । वन्दका कारण जिल्लाका सम्पूर्ण शैक्षिक संस्थाहरु, वजार, उद्योग, कारखाना सव ठ जिल्लाको जनजीवन प्रभावित, वसमा तोडफोड
प्प छन् । वन्दले गर्दा जिल्ला सदरमुकाम तम्घामा गत सातादेखि संचालन भएको पेन्सनक्याममा पेन्सन लिन आएका मानिसहरु समेत अलपत्र परेका छन् ।
कुन जिल्ला कुन प्रदेशमा हुनसक्ने?
काठमाडौँ, जेठ ३ (नागरिक)- तीन प्रमुख राजनीतिक दल सहित मधेशी मोर्चाले नामाकंन र सीमाकंन नराखी ११ प्रदेशमा सहमति गरेको सहमतिको विरोध सुरु भइसकेको छ। तर सोमबार बालुवाटारमा प्रमुख तीन दल र मधेसी मोर्चा गरी चार शक्तिबीच भएको सहमतिको दस्तावेज सार्वजनिक गरिएको छैन र यसमा नेताहरूले हस्ताक्षर पनि गरेका छैनन्। नागरिकन्युजलाई प्राप्त सहमतिको मस्यौदा यस्तो छ-
संघीय संरचनाबारे
• नेपालका सबै प्रदेशहरू बहुजातीय हुनेछन्। प्रदेशहरूमा सबै जाति, जनजाति, धर्म, भाषा, संस्कृतिका सबै नागरिकको राजनीतिक आर्थिक सामाजिक सांस्कृतिक अधिकार समान रहनेछ।
• प्रत्येक नागरिकका मौलिक हक एवं मानवअधिकारको सम्मान तथा रक्षा गर्नु केन्द्र र प्रदेश तथा स्थानीय सरकारको दायित्व हुनेछ।
• प्रदेशहरू ११ रहने गरी तोकिनेछ। हाल नामांकन प्रस्तावित गरिने छैन।
• प्रदेशहरूको सीमांकन नामाङ्कन प्रदेशहरू जोडिने वा प्रदेशबाटै अर्को प्रदेश बन्ने वा प्रदेशको कुनै भाग अर्को प्रदेशमा जाने आदि विषयको समाधान गर्न केन्द्रीय संघीय आयोगको व्यवस्था गरिनेछ।
• आयोगले गरेको सिफारिशका आधारमा अन्तिम निर्णय संसदले लिनेछ।
• नामाङ्कनका सन्दर्भमा प्रदेशसभाले गरेको निर्णय अन्तिम हुनेछ।
शासकीय प्रणालीबारे
• शासकीय प्रणाली मिश्रित रहनेछ।
• राष्ट्रपतिको निर्वाचन कानुनमा व्यवस्था भएबमोजिम प्रत्यक्ष प्रणालीबाट हुनेछ ।
• प्रधानमन्त्री संसदबाट निर्वाचित हुनेछन्। प्रधानमन्त्रीले मन्त्रिपरिषद् गठन गर्नेछ। मन्त्रिपरिषद् तथा यसका सदस्यहरू संसद्प्रति सामूहिक तथा व्यक्तिगत रुपमा उत्तरदायी रहनेछन्।
• शासन पद्धतिमा संसदको सर्वोच्चता रहनेछ। शासन पद्धतिमा नियन्त्रण र सन्तुलनको व्यवस्था हुनेछ।
संसद्को गठन
• संसदको निर्वाचन मिश्रित निर्वाचन प्रणालीबाट गरिनेछ।
• प्रतिनिधिसभामा प्रत्यक्षबाट निर्वाचित १७१ र समानुपातिकवाट १४० सदस्य रहनेछन्।
• राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट पाँच-पाँच जनाका दरले सदस्यहरू निर्वाचित हुनेछन्। मन्त्रिपरिषदको सिफारिशमा विभिन्न क्षेत्रका ख्याति प्राप्त विशिष्ट व्यक्तिहरूमध्येबाट १० जना राष्ट्रपतिबाट मनोनित हुनेछन्।
• प्रदेशसभामा एक केन्द्रीय संसदीय निर्वाचन क्षेत्रलाई दुई क्षेत्रमा विभाजन गरी प्रदेशसभाका सदस्यहरूको निर्वाचन गरिनेछ।
• स्थानीय सरकारको गठन कानुनमा व्यवस्था भएबमोजिम हुनेछ।
न्यायप्रणालीबारे
• बाँकी कार्यकाल जतिरहे पनि प्रधानन्यायाधीश हुनसक्ने व्यवस्था रहनेछ।
• न्यायाधीशहरूको नियुक्ति न्यायपरिषदबाट हुनेछ।
• न्यायपरिषद्मा प्रधानन्यायाधीशको अध्यक्षतामा वरिष्ठतम दुई जना न्यायाधीश, कानूनमन्त्री र बार एशोसियसनका एक प्रतिनिधि सदस्यहरू हुनेछन्।
• अन्तरिम संविधानबमोजिम हाल कायम रहेका न्यायधिशहरूले नया संविधान बमोजिम पुननियुक्ति लिन पर्नेछैन। नया संविधान बमोजिम शपथ गर्नुपर्नेछ।
संवैधानिक अदालतः
• प्रधानन्यायाधीशको अध्यक्षतामा संवैधानिक अदालत गठन हुनेछ।
• संवैधानिक अदालतमा दुई जना सर्वोच्च अदालतका वरिष्ठतम न्यायमधीश र दुई जना कानूनविद्हरूमध्य सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेका व्यक्तिमध्येबाट सहमतिका आधारमा मन्त्रिपरिषदको शिफारिसमा राष्ट्रपतिले नियुक्त गर्नेछन्।
• संवैधानिक अदालतले प्रदेश, प्रदेशबीचको विवाद, प्रदेश र केन्द्रबीचको विवाद, प्रदेश र स्थानीय सरकारबीचको विवाद हेर्नेछ। संवैधानिक अदालत पाँच वर्षसम्म रहनेछ।
• सेती-महाकालीका नौ जिल्ला एकै प्रदेश हुने मागका सन्दर्भमा तिन दलका शीर्षनेताहरूले वक्तव्यका साथै उपस्थित भई व्यक्त गरेका विचारहरू समेतका आधारमा सेती-महाकाली प्रदेश हुनेछ। जनतम संकलन भन्नाले जनमत संग्रहसम्म गर्न सकिने भनी नेताहरूको प्रतिबद्धतालाई आधार मानिनेछ।
कुन–कुन जिल्ला एक प्रदेशमा
• १) इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, धनकुटा
• २) खोटाङ, भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर
• ३) रामेछाप, सिन्धुली, दोलखा, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ
• ४) काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर र चितवन
• ५) कास्की, लमजुङ, गोर्खा, तनहुँ, स्याङ्जा, पर्वत
• ६) गुल्मी, पाल्पा, अर्घाखाँची, सल्यान, प्युठान, रोल्पा, रुकुम
• ७) भेरी र कर्णाली अञ्चलका सबै जिल्ला
• ८) सेती र महाकाली अञ्चलका ९ जिल्ला
• ९) बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही र नवलपरासी
• १०) पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी
• ११) सुन्सरी, मोरङ र झापा
बाग्लुङ र म्याग्दी जिल्लालाई गण्डकी क्षेत्रमा राख्ने कि 'मगरात' क्षेत्रमा राख्ने विवाद छ। त्यस्तै काठामाडौं उपत्यकासँग चितवन र मकवानपुर राख्ने कि नराख्ने भन्नेमा पनि विवाद छ। कैलाली र कञ्चनपुरमा बारे जनतमसंग्रहसम्म गर्नुपर्ने हुनसक्ने हुनाले त्यसलाई पनि टुंगो लगाइएको छैन। प्रदेशको नाम भने प्रस्ताव नगर्ने सहमति भएको छ।
नागरिक न्युज डट कमबाट
;गुल्मीमा सहकारी संस्थाले बनायो देशकै ठूलो लघुजलवि
 द्युत्
जम्मा १५ प्रतिशत खपत, ८५ प्रतिशत त्यसै खेर गइरहेको छ
३१ वैशाख, गुल्मी । गाउँको एउटा सहकारी संस्थाले १३५ किलोवाटको लघुजलविद्युत् आयोजना सम्पन्न गरी बिजुली उत्पादन गरेको छ । गुल्मीको वामीटक्सारमा परोपकार सहकारी संस्थाले बागलुङ र गुल्मीको सिमानामा पर्ने दरमखोलाबाट उत्पादन गरिएको उक्त योजनाबाट १३५ किलोवाट विद्युत् उत्पादन गरेको हो ।
 |
आयोजनाको रीपोर्टीङ्गको क्रममा पत्रकारहरु र जानकारी गराउँदै पारीयोजनाका कर्मचारीहरु । फोटो: भरत पाण्डे |
एक हजार ६०० मिटर लामो नहरबाट ल्याएको पानी २१ मिटर माथिबाट सिधा दूरीमा खसाली एक हजार ३०० लिटर प्रतिसेकेन्ड प्रवाहमार्फत उक्त विद्युत् उत्पादन भएको हो । ऊर्जा क्षेत्र सहयोग कार्यक्रम -इएसएपी) को रु एक करोड ४५ लाख अनुदान र परोपकार बहुउद्देस्यीय सहकारी संस्था वामीको रु दुई करोड गरी रु तीन करोड ४५ लाखको लागतमा सम्पन्न उक्त आयोजनाबाट १३५ किलोवाट विद्युत् उत्पादन भएको छ ।
आयोजनाका लागि ग्रामीण आर्थिक विकास सङ्घ रेडा पाल्पाको क्षेत्रीय नवीकरणिय ऊर्जा सेवा केन्द्र कार्यक्रम प्राविधिक सहयोग र समन्वय रहेको थियो । यो आयोजना देशकै सबैभन्दा ठूलो आयोजना भएको क्षेत्रीय नवीकरणीय सेवा केन्द्र रेडा पाल्पाका अधिकृत जीवन कुँवरले बताउनुभयो । यसपछिको दोस्रो योजना स्याँजामा निर्माण हुन लागेको समेत उहाँले बताउनुभयो ।
सहकारी संस्थाका सदस्यहरुले रु पाँच हजारदेखि रु एक लाखसम्मको सेयर खरिद गरी उत्पादन भएको सो विद्युत्बाट जिल्लाको मुसिकोट गाविसमा ७०० र पौँदी अमराईमा ९०० घरधुरीले बिजुली बालेका छन् । ती गाविसमा जम्मा १५ प्रतिशत बिजुली खपत भएपनि ८५ प्रतिशत बिजुली त्यसै खेर गइरहेको आयोजनाका अध्यक्ष धर्मेन्द्र मल्लले बताउनुभयो । देशमा चर्को लोडसेडिङ र गुल्मी जिल्लाभरि बिजुली नपुगेर जनता अँध्यारोमा बस्नु परिरहेको अवस्थामा यस आयोजनाबाट उत्पादिन बिजुली सदुपयोग गर्न सके धेरै जनताका घरमा बिजुली पुर्याउन सकिने जिल्ला इन्जिनियर लालु गिरीले बताउनुभयो । रासस
--
Posted By Admin to
Gulminews.com at 5/14/2012 02:39:00 AM
पेन्सनको समयमा बजार अनुगमन
टोपलाल अर्याल
तम्घासमा चलिरहेको पेन्सन क्याम्प परिसरका विभिन्न पसलहरुको जिल्ला प्रशासन कार्यालयले अनुमन गरेको छ । तम्घासको क्याम्पस रोड देखि रेसुङ्गा वहुमुखी क्याम्पको गेटसम्म रहेका होटल, फेन्सी पसलहरु, किराना पसल, औषधी पसलहरुको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा आँखाको परिक्षण बिना विक्रि गर्ने गरिएको चश्मा पसल बन्द गरिएको गरिएको सहायक प्रमुख जिल्ला अधिकारी वावुराम अर्यालले जानकारी दिनुभयो ।
त्यस्तै बिना दर्ता संचालन गरिएको फेन्सी पसल, औषधी पसल लगायतका पसलहरुलाई दुई दिनभित्र व्यवसाय दर्ता प्रमाणपत्र लिन र दर्ता नै नभएका पसलहरुलाई दर्ता गरेर मात्र संचालन गर्न सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले निर्देशन दिनु भएको थियो ।
अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजु शर्मा, उद्योग वाणिज्य संघ गुल्मीका महासचिव कृष्णप्रसाद पोखरेल, नेपाल पत्रकार महासंघका अध्यक्ष घनश्याम गौतम, होटल व्यवसायी मञ्च गुल्मीका युवराज भण्डारी, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य जनार्दन घिमिरे, नेपाल पत्रकार महासंघकी सदस्य गगनशिला खड्का सहितको टोलीले बजार र पसलहरु अनुगमन गरेको हो ।
फलाम कुट्दाकुट्दै छाला मात्र रहृयो
१ जेठ, गुल्मी । भालेको डाकोले प्रायः बिहानीको सङ्केत गर्छ, तर जुभुङ-७ ठूलाचौरका बासिन्दालाई भने एकाबिहानै उठाउँछ आरनमा फलाम पिटेको आवाजले । हिउँद होस् या वर्षा, गर्मी होस् या ठन्डी ठूलाचौरका बलबहादुर विश्वकर्माका तीन छोराको दैनिकी भने भालेको डाकोसँगै फलाम पिट्ने कामबाट सुरु हुन्छ ।
उमेर ६३ का गोकर्ण, ५७ का नरबहादुर र ४४ का सुर्जै विक हरेक दिन घामको झुल्कोले धर्ती छुन नपाउँदै घन हिर्काउन थाल्छन् । आफूलाई खान त छोरानातिले कमाएकै छन्, तर उनीहरूले घन नहिर्काएमा सिँगो जुभुङ गाविसको हलो हसिँया अड्किन्छ । आफ्ना छोरानातिदेखि गाउँका सबै आर्ने -आरन चलाउने) हरूले यो पेसा छाडे पनि गाउँकै लागि बुढेसकालमा पनि उनीहरूले घन पिट्न छाडेका छैनन् ।
न झरी ओत्ने कुनै ओत छ, न चिसो सिरेटो छेक्ने छेको नै । सिङ्गै आकाशलाई आरनको छानो सम्झेका उनीहरू बिहान ५ः३० देखि बेलुका छ बजेसम्म फलामसँग एकोहोरो भिडन्त गरिरहन्छन् । ठूलोचौरको एक कुनामा पञ्चायतको पालामा बुबालाई कमाइ खान पञ्चले दिएको एक टुक्रा जमिनमा अझसम्म छानो हाल्न सकेका छैनन् सेतै फूलेका गोकर्णले ।
बाबुको बिँडो थाम्न १५ वर्षको उमेरदेखि घन हान्न सुरु गरेका गोकर्णले हजारौँ किसानका औजार र हतियारमा धार लगाउन भ्याए पनि आफ््नो जीवनको धार भने कहिल्यै लगाउन पाएनन् । ‘आ… सधैँ कति फलाम पिटिराख्नु भनेर यो काम छोडेर हिँडेकाहरूले अहिले बसीबसी पेन्सन थाप्छन्, आफूचाँहि आरनको धर्म धान्न बाउबाजेले गरेको पेसा छोड्न हुन्न भनेर यही काम गरेर बसियो, अहिले चाडबाड आयो भने अरूकहाँ हात थाप्नुपर्छ’- निन्याउरो मुख लगाउँदै भन्छन् गोकर्ण ।
अन्य जातिका केटाहरूझै पढेर ठूलो मान्छे बन्न आफूहरू पनि स्कुल गएको तर त्यहाँ भएको अमानवीय व्यवहारका कारण पढाइ छाडेर फेरि फलाम समाउन बाध्य हुनुपरेको दुःखेसो पोख्छन्- गोकर्णका माइला भाइ नरबहादुर । ‘अरू स्कुल जाँदा हामी पनि गइयो, तर अरूभन्दा चारहात पछाडि बसाल्ने, सरहरू हामीसँग नबोल्ने, पानी खानसमेत नपाइने, अनि कसरी पढ्न सकियोस् ? ऐेलेको जस्तो भा’पो, सबैको हेलै हेलाले पढ्न नसकेपछि फेरि खँलाती चलाउन थालियो’- उनले बाल्यकालमा भोग्नुपरेको तीतो कोट्याए ।
‘अब हामी त दिनभरि काम गरेर साँझ छाक टार्ने जात परियो, तर यो कामले खानबाहेक अरू खर्च गर्न पुग्दैन’- बिरामी परेको अवस्था सम्झँदै उनले भने- ‘बिमार भए पनि कतिले लौन मेरो यति काम त जसरी पनि गरिदे भनेपछि विस्तारामा परेर उठेको ज्यानले घन हिर्काउनुपर्छ । तर ला तँ बिमार भइछस् दबाई गर भनेर कसैले एक पैसा थपेर दिन्नन् ।’उनीहरूले वर्षभरि गरेको कामको ज्याला प्रति परिवार एकवर्षपछि मात्र पाउँछन्- एक डोको मकै । ‘सबै परदेश गएर राम्रै कमाएका छन् भने हामी पनि सक्थ्यौँ नि, तर सबैका लागि भनेर बाबुबाजेको धर्म धानियो, तर हामी दुखियाका जहान सधैं भोकै नाङ्गै छन्’- नरबहादुर भन्छन् ।
यो त पुरानै समस्या हो । तर पछिल्लो समयमा उनीहरूलाई नयाँ समस्याले पनि पिरोलेको छ- फलाम तताउन गोल नै नपाइएपछि अब पेसा धान्न नै समस्या भएको बताउँछन् उनीहरू । ‘अहिलेसम्म त जेनतेन गरियो तर अहिले जङ्गलमा गोल काट्नै दिनछाडे । गोल नभए काम गर्न नपाई भोकभोकै हुनुपर्छ, त्यसैले आगो बालेका घर डुल्दै गोल खोजेर काम चलाइन्छ ।’ यही समस्याका कारण पनि युवापुस्ता अहिले आरन पेसा छाडेर परदेश पस्न थालेकाले आफ्ना तीन भाइको शेषपछि यो पेसा गर्ने कोही नहुने उनीहरूको भनाइ छ ।
अरूका लागि फलाम कुट्दाकुट्दै छालामात्रै बाँकी रहे पनि जीवन परिवर्तन गर्न नसकेको र दुःख पीडामा कसैको सहयोग पाउन छाडेपछि भावी सन्ततिलाई यो काममा कहिल्यै नलगाउने प्रण उनीहरूको छ । ‘आफैले जग्गा कमाउन नसकेर पञ्चले दिएको सरकारी जमिनमा आरन चलाउनु परेको छ, बालबच्चाले पढ्न पाएनन्, यति गर्दागर्दै पनि अझ जसका भाँडा कमाउनुपर्छ उनैले गोल दिन बन्द गरे, अब हामीले गर्न छाडेपछि त फलामका भाँडा चाहिनेले आफ्नै अँगेनामा फलाम पोलुन्, के गर्ने त अब ?’- नरबहादुर भन्छन् । रासस
चट्याङ लागेर एकैघरका दाजुभाइ सहित दुइको मृत्यु
घनश्याम गौतम
बिहीवार राति परेको चट्याङ लागेर गुल्मीका विभिन्न स्थानमा एकै घरका दुई सहित तीन जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् ।
गुल्मीको तम्घास गाविस-९ नेटामा परेको चट्याङ लागेर १८ वर्षीय रामबहादुर नेपाली, २० वर्षीय सुनिल नेपाली र हर्मिचौर-१ की अन्दाजी ३५ वर्षीया भुमकला पौडेलको मृत्यु भएको हो । पौडेलका ११ र १३ वषिर्य भाईहरु रमेश र दुगौ पौडेल घाइते भएका छने ।
त्यस्तै चट्याङले तम्घासका १५ वर्षीय सुमन नेपाली, १७ वर्षीय भुवन नेपाली, ४० वर्षीय रामबहादुर नेपाली, अर्खले-५ सेउघाकी ४५ वर्षीया लक्ष्मी गौतम, हस्तिचौर गाविसमा २३ वर्षीया भिमा कुँवर र वामीटक्सार गाविसमा ३ जना घाइते भएको प्रहरी नायव उपरीक्षक राजकुमार बैदवारले जानकारी दिएका छन् । घाइतेहरुको जिल्ला अस्पताल तम्घासमा उपचार भैरहेको छ ।
चट्याङले हर्मिचौर गाविसमा भुमकला पौडेलको घर पूर्ण रुपमा क्षति भएको र एउटा भैसी मरेको प्रहरीले जनाएको छ । चट्याङले जिल्लाका विभिन्न गाविसहरुमा अझै क्षति भएको र विवरण आउने क्रम जारी रहेको पनि प्रहरीले जनाएको छ ।
गाडी दुर्घटनामा परी मर्नेको संख्या २ पुग्यो, एक व्याक्ति मृत अवस्थामा फेला
गगनशिला खड्का
गुल्मी २९ बैशाख । अर्घाखाँचीको ठाडा ५ दरवारेमा मंगलवार भएको यात्रुवाहक फोर्स गाडी दुर्घटनामा परी घाईते भएकाहरु मध्ये मर्नेको संख्या दुई पुगेको छ। मृत्यु हुनेमा रुपन्देही गजेडी ४ का ४० वर्षीय श्रीप्रसाद पासवान र अर्घाखाँची ठाडा २ निवासी ३४ वर्षीय विष्णुप्रसाद अधिकारी रहनुभएको छ। सन्धीखर्कवाट वुटवलतर्फ जाँदै गरेको बा २ ख ७२६६ नम्वरको यात्रुवाहक वसको वे्रक फेल भई सडकवाट झण्डै ३० मीटर तल खसी दुर्घटनामा परेको थियो। पासवानको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा र अधिकारीको काठमाण्डौ न्यूरो अस्पतालमा आज अपरान्ह मृत्यु भएको थियो। अहिले घाईते मध्ये सितापुर ५ का ३२ वर्षीय वमवहादुर आलेको भैरहवा मेडिकल कलेजमा र जुकेना ४ का प्रेम अधिकारीको काठमाण्डौको एक अस्पतालमा उपचार भईरहेको छ भने अन्यको भैरहवामै सामान्य उपचारपछि घरमा फर्किसकेका छन्।
यता अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क ७ भक्तिटोलामा आज एक पुरुषको शव फेला परेको छ। मृत्यु हुनेमा सन्धिखर्कमा ज्याला मजदुरीको काम गर्दै आएका डांम्री ४ का ३५ वर्षीय कर्णवहादुर थापा रहेको प्रहरीले जनाएको छ। घटनावारे थप अनुसन्धान भईरहेको प्रहरीले छ। शवलाई पोष्टमार्टमका लागि सन्धीखर्क अस्पतालमा राखिएको छ।
वर्षा र वन्दका कारण पेन्सनरहरु मर्कामा
गगनशिला खड्का
गुल्मी २९ बैशाख । नेपाल वन्द त्यसमाथि आज पनि दिउँसोदेखि परेको अत्यधिक पानीले पेन्सन वुझ्न आएका भारतीय पेन्सनरहरुलाई समस्यामा पारेको छ। व्राम्हण, क्षेत्री लगायतको संयुक्त संघर्ष समितिले गरेको वन्दका कारण यातायातका साधनहरु चल्न नसकेपछि टाढा टाढावाट समेत पैदल हिड्दै पेनसन वुझ्न आएका उनीहरु आज पनि दिउँसोदेखि पानी पर्न थालेपछि थप समस्यामा परेका हुन। पेन्सन वुझन लाईनमा वसेका वृद्ध वृद्धाहरु पानी परेपछि क्याम्पकै टहरामा कोचिएर वस्न वाध्य भएका थिए। आज पेनसन पाईने हो या होईन तर पेनसन पाएपनि वन्दका कारण घरमा कसरी जाने भन्ने अधिकाँश पेनसनरको गुनासो थियो। साथै उनीहरुले वन्दले कसैलाई पनि राम्रो प्रभाव नपार्ने भन्दै वन्द फिर्ता लिन समेत माग गरेका थिए। वन्दका कारण वजार, पसल, व्यापार व्यवसाय, विद्यालय सवै वन्द रहेका थिए।
प्रहरी विद्यालय सम्पर्क कार्यक्रम शुरु<
] br>
गगनशिला खड्का
 |
| फोटो: जनार्दन घिमिरे |
गुल्मी २९ बैशाख । गुल्मी जिल्ला प्रहरीले आजदेखि प्रहरी विद्यालय सम्पर्क कार्यक्रम (पि.सी.एल.पी.) शुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय गुल्मी र रेसुङ्गा सामुदायिक प्रहरी सेवा समाजको संयुक्त आयोजनामा सञ्चालित माध्यमिक तहसम्मका विद्यार्थीहरुलाई सुरक्षा, चेतना, दृर्व्यासयन मुक्त ट्राफिक नियम र अन्य विविध विषयमा प्रशिक्षण दिने कार्यक्रमको आजदेखि ससदरमुकाम तमघासमा रहेको महेन्द्र उच्च माध्यमिक विद्यालयवाट शुरुवात गरिएको हो।
मादक पदार्थ सेवन प्रवृतिको अन्त्य गर्ने, त्यसको विक्री वितरणमा रोक लगाउने, जुवा तास, गुण्डागर्दी, समाजमा हुने आत्महत्या, घरेलु हिँसा लगायतका विषयमा विद्यार्थीहरुलाई सुसुचित गराई त्यसको न्यूनिकरणमा प्रहरीसँग साझेदारी गर्ने उद्धेष्यका साथ यस्तो कार्यक्रमको शुरुवात गरिएको प्रहरी नायव उपरिक्षक राजकुमार वैदवारले वताउनुभयो। व्याक्तिगत सुरक्षाका लागि विद्यार्थीले ध्यान दिनुपर्ने कुरा, वैदेशिक रोजगारी, धम्की र अपहरण, ट्राफिक नियमको जानकारी, सडकमा पैदल यात्रा गर्दा ध्यान दिनुपर्ने कुरा लगायतका विषयमा प्रहरीले विद्यालयका कक्षा १० का विद्यार्थीहरुलाई प्रशिक्षण दिन शुरु गरेको हो। जिल्ला विकास समितिको ८० हजार रुपैयाँ आर्थिक सहयोगमा जिल्लाका ३० हजार भन्दा वढी विद्यार्थीहरुलाई यस्तो प्रशिक्षण दिईने र त्यसका लागि १६ इलाका प्रहरी कार्यालय जिल्लाका ३० वटा विद्यालयमा परिचालित हुने प्रहरी नायव उपरीक्षक वैदवारले जानकारी गराउनुभयो। विशेष गरी वालवालिकाहरुलाई अपहरण गर्ने प्रवृति वढ्दै गएको, विद्यालय जाँदा सवारी दुर्घटना हुने र विद्यालय प्राङ्गणमै विद्यार्थीहरु असुरक्षित हुने र प्रहरी समक्ष विद्यार्थी उजुरी गर्न डराउने प्रवृतिको अन्त्य गर्न यसको मुख्य उद्धेष्य रहेको वैदवारको भनाई थियो।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले प्रहरीले विद्यार्थीहरु लाई यस्तो सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नु सह्रानीय पक्षीय भएको वताउनुभएको थियो। कार्यक्रममा एकीकृत नेकपा माओवादीका जिल्ला सहइन्चार्ज निमवहादुर पाण्डे, नेपाली काँग्रेसका उपसभापति भुवनप्रसाद श्रेष्ठ, नेकपा एमालेका प्रचार विभाग प्रमुख शेषकान्त गौतम, कालीदत्त गुल्मका गुल्मपति सेनानी सन्तोषकुमार थापा, जिल्ला अनुसन्धान अधिकृत विमल डंगोल, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष घनश्याम गौतम, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य जनार्दन घिमिरे, तमघास गाविस सचिव दोर्णराज पन्थी लगायतको सहभागीता रहेको थियो। कार्यक्रममा सहयोगी संस्था जिल्ला विकास समितिका कार्यक्रम अधिकृत शंकरप्रसाद गौतमले प्रहरीप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो। महेन्द्र उच्च माध्यमिक विद्यालयका प्राचार्य केशरवहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरीको साझेदारी संस्था रेसुङ्गा सामुदायिक प्रहरी सेवा समाजका सदस्य ताराप्रसाद भुसालको स्वागत मन्तव्य र सञ्चालन प्रहरी नायव निरीक्षक रामप्रसाद पाण्डेको सञ्चालन रहेको थियो।
--
पानी परेपछी भएपछि किसानहरु हर्षित, खेतिपाती लगाउन शुरु
गगनशिला खड्का
गुल्मी २९ बैशाख । केही दिनदेखी परेको वर्षाका कारण हर्षित वनेका गुल्मी लगायत आसपासका कृषकहरु दिनभर खेतवारीमै खनजोत तथा वाली लगाउन व्यस्त वनेका छन । लामो समयदेखि मकै तथा अन्य वालीहरु लगाउन नपाएका कृषकहरु वाली लगाउनमै व्यस्त वनेका हुन्। मकै वाली लगाईसकेका कृषकहरु पनि मकै खन्न व्यस्त थिए। चैत्र तथा वैशाख महिनामा छरेका
मकै तथा लगाईएका तरकारी विरुवाहरु लामो समयसम्म पानी नपरेपछि सुक्न थालेको अवस्थामा पानी परेपछि उनीहरु हर्षित वनेका हुन। समयमै पानी परेपछि यस वर्ष मकै, फलफुल तथा तरकारी वालीमा राम्रो उत्पादन हुन सक्ने उनीहरुको अनुमान रहेको छ। कतिपय क्षेत्रमा मकै वाली लगाउन वाँकी रहेका किसानहरुका खाली जग्गामा पनि पानी परेपछि मकै वाली लगाउन विहानैदेखि व्यस्त देखिएका छन्। तर कुनै क्षेत्रमा भने हिजो ठुलो मात्रामा असिना सहितको वर्षा भएको समाचार प्राप्त भएको छ। असिना पानीले वाग्लुङ्गको पश्चिम क्षेत्रमा गहुँ तथा तरकारी वाली पुर्ण रुपमा नष्ट पारिदिए पछि किसानहरु चिन्तित वनेका छन्। त्यस्तै रुपन्देहीका विभिन्न क्षेत्रमा पनि भिषण असिना पानी वर्षा भएको छ।
नक्कली कागजपत्र बनाउने दश बर्षपछी पक्राउ, जेल चलान
गगनशिला खड्का
गुल्मी २९ बैशाख । सरकारी छाप दस्तखत प्रयोग गरी किर्ते कागजपत्र बनाएको अभियोगमा प्रहरीले १० वर्ष अघिदेखि फरार अभियुक्तलाई पक्राउ गरी जेल चलान गरेको छ। २०५९ साल असार ३० गते जिल्ला अदालत बाँकेले उक्त अभियोगमा एक वर्ष कैद सजाय र ५० रुपैया जरीवानाको फैसला गरेको तम्घास १ वस्ने किरण कुँवर र अर्जे १ वस्ने शिवलाल कुवँरलाई जिल्ला प्रहरी कार्यलय गुल्मीले पक्राउ गरी अदालतमा पेश गरिएको र अदालतले जेल चलान गरेको प्रहरी नायव उपरीक्षक राजकुमार वैदवारले जानकारी दिनुभयो। बाँके जिल्ला अदालतले मुलुकी ऐन २०२० को कृते कागज सम्बन्धि महल अनुसार कवँरद्वयलाई एक वर्ष कैद सजाय फैसला गरेकोले उक्त म्यादसम्मका लागि उनीहरुलाई कारगार चलान गरिएको उहाँले वताउनुभयो। प्रहरीका अनुसार अदालतले कुन काजग पत्रमा किर्ते छाप दस्तखत प्रयोग गरे भन्ने कुरा खुलाएको छैन। यद्यपी यातयात व्यवसायी भएको हुँदा ती दुई व्यक्तिले सवारी चालक अनुमति पत्रमा किर्ते छाप र सही प्रयोग गरेको हुनसक्ने प्रहरीको अनुमान छ। वर्षौदेखि फरार अभियुक्तहरुलाई पक्राउ गर्ने काम प्रहरीले तिव्र पारेको भन्दै प्रहरी नायव उपरीक्षक वैदवारले सवैपक्षको सहयोगको आग्रह गर्नुभएको छ।
प्रहरीलाई अक्रमण गर्ने प्रहरी र शिक्षक विरुद्ध मुद्दा
गगनशिला खड्का
गुल्मी २९ बैशाख । गस्तीमा हिडेका प्रहरी जवानहरुलाई आक्रमण गर्ने एक शिक्षक सहित शसस्त्र प्रहरीका एक जवान विरुद्ध जिल्ला प्रहरी कार्यलय गुल्मीले सार्वजनिक अपराधको मुद्दा अदालतमा दायर गरेको छ। बैशाख १९ गते साँझ करिव ९ बजेको समयमा पौदीअमराई इलाका प्रहरी कार्यलय इस्मा रजस्थलबाट अर्जै गाविसमा गस्तीमा पुगेका प्रहरी जवान हाकिम अली, भेषराज न्यौपाने, मोहन सिह पल्लीलाई आक्रमण गरी निर्घात कुटपिट गर्ने अर्जे १ निवासी ससस्त्र प्रहरी जवान लोकबहादुर अधिकारी र अर्जे उच्च माध्यमिक विद्यालयका शिक्षक जोरासिँह पुन विरुद्ध सार्वजनिक अपराधको मुद्दा दायर गरिएको हो।
नवलपरासी स्थित सिमा सुरक्षा कार्यलयमा कार्यरत ससस्त्र प्रहरी जवान अधिकारी र रुकुम शालापाखा घर भई अर्जे उच्च माविमा गणित विषय शिक्षक पुनले गस्तीमा गएका ती प्रहरी जवानलाई विना कारण एक्कासी समातेर कुटपिट गरेको पिडित प्रहरी जवानहरुले बताएका छन्। शसस्त्र प्रहरी जवान अधिकारी र शिक्षक पुनविरुद्ध सार्वजनिक अपराध सम्बन्धि मुद्धा दर्ता गरीएको र उनीहरुलाई हिरासतमा लिइ अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक राजकुमार वैदवारले जानकारी दिनुभयो।
गुल्मीमा मामा-माईजुको हत्या गरी फरार २ व्याक्ति अर्घाखाँचीमा पक्राउ
गगनशिला खड्का
गुल्मी २९ बैशाख । आफ्नै मामा माईजुको हत्या गरी फरार रहेको आशंकामा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले दुई जनालाई पक्राउ गरेको छ। यसरी पक्राउ पर्नेमा अर्घाखाँचीको खन गाविस वार्ड नं. १ वस्ने २१ वर्षीय टिकाराम सुनार विक र १८ वर्षीय तुलसी विक रहेको प्रहरीले जनाएको छ। वैशाख २४ गते राती फलामको हतौडा प्रहार गरी गुल्मी हस्तिचौर ६ का दम्पत्ती ७५ वर्षीय भविलाल विक र ७४ वर्षीय सेती विकलाई हत्या गरी फरार रहेको अभियोगमा अर्घाखाँची धनचौर ९ पाकु देउरालीवाट स्थानीय वासिन्दको सहयोगमा विहीवार साँझ जिल्लावाट गएको नायव निरीक्षक प्रकाश चन्द्र घिमिरेलेको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुले आफ्नै मामा माईजुको हत्या गरेपछि जिल्लाको खन गाविसमा रहेको एक ओडारमा आफुहरुले लगाएको पाईण्ट, सर्ट सहितको झोला राखेर भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। अनुसन्धानको क्रममा उनीहरुले आफ्ना मामा माईजुको हत्या गरेको स्वीकार गरेका छन्।
दलित विद्यार्थीलाई एक करोड बढी छात्रवृति
गगनशिला खड्का
गुल्मी २९ बैशाख । जिल्ला शिक्षा कार्यलय गुल्मीले गत शैक्षिक सत्रमा गुल्मीका दलित छात्र छात्राहरुलाई एक करोड रुपैया भन्दा बढी छात्रवृति वितरण गरेको छ । कार्यलयले दिएको जानकारीअनुसार १ देखि कक्षा ८ सम्मका १९ हजार ६ सय ८ जना दलित विद्यार्थीहरुलाई ४ सयका दरले ७८ लाख ४३ हजार २ सय रुपैया र कक्षा ९ देखि १० सम्मका १३ सय ८१ जना दलित छात्र छात्राहरुलाई १४ लाख ७० हजार ७ सय ६० रुपैया छात्रवृद्धि वितरण गरिएको छ।
हरेक विद्यालयमा सो रकम पुगेको छ। यदी कुनै दलित छात्र छात्राहरुले छात्रवृति नपाएको भए जिल्ला शिक्षा कार्यलयमा उजुरी दिन जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले बताउनुभयो। त्यस्तै दलितका नाममा गैरदलित छात्र छात्राहरुले छात्रवृति लिएको भए उजुरी दिन उहाँको आग्रह थियो। सो कार्यलयले जिल्लाका ३० हजार ६१ जना छात्रहरुलाई १ करोड २० लाख २४ हजार ७ सय रुपैया छात्रवृति वितरण गरेको छ। फर्जी विद्यार्थी र विद्यालय समेत फर्जी पाएपछि जिल्ला शिक्षा कार्यालयले यस वर्ष विद्यालयको फोटो समेत अंकित गर्दै विद्यालय प्रोफाईल तयार गरेको छ। यसवाट झोलामा सिमित हुने विद्यालयहरुको अन्त्य हुने जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले वताउनुभयो।
कति राम्रो बेलायत !!! (फोटो फिचर सहित
Regards
ग्रेटर रशमुर नेपाली कमिनिटिको छैठौ बैठक सम्पन्न
फान्ब्रो मिती ०५ मे २०१२ ग्रेटर रशमुर नेपाली कमिनिटिको छैठौ बैठक संस्थाका अध्यक्ष मेजर रिटायर्ड टिकेन्द्र दल देवानको अध्यक्षतामा सम्पन्न भयो। उपस्थित सबैलाई श्वागत गर्दै महासचिव रोहित गुरुङले बैठकको उदेश्य र बर्तमान परिबेशमा ग्रेटर रशमुर नेपाली कमिनिटिले गर्नु पर्ने कार्यभार बिषयमा प्रकाश पार्दै संचालित उक्त बैठकले बिभिन्न प्रस्ताबहरू उपर छलफल गरि निर्णयहरू लीएको थियो।
ग्रेटर रशमुर नेपाली कमिनिटिको वेभसाइट बिषयमा वेभ मास्टर महेन्द्र कुँवरबाट करिब करिब सम्पन्न हुन लागेकोले समय मिलाइ पदाधिकारी तथा कार्य समितिबाट तोकिएको सदस्यले आबश्यक तालिम लीइ बुझ बुझारथ गर्ने निर्णय गर्दै वेभसाइटको ब्यबस्थाबाट समस्त समुदायलाई कुनै बिषयमा सुसुचित गर्न सजिलो र प्रभावकारी हुने भएकोले सबैबाट त्यस कदमको श्वागत गरियो।
गत १३ अप्रिल २०१२ मा सम्पन्न नेपालि नयाँ बर्ष २०६९ कार्यक्रमका संयोजक एवम संस्थाका उपाध्यक्ष ओम थापाबाट सम्पन्न कार्यक्रम सम्बन्धी प्रतिबेदन प्रस्तुत गरे पश्चात उक्त कार्यक्रममा प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग गर्ने कलाकार, पत्रकार, समाजसेबी, बुद्धीजिबि, कुटनितिक नियोगका कर्मचारि, राजनैतिक कर्मी, प्रहरी, कार्यसमिति, सल्लाहाकारहरू तथा सहभागी सबैमा धन्यबाद् दिने निर्णय गर्दै, समग्र रुपमा सफल उक्त कार्यक्रमका केही कमजोरिहरुबाट पाठ सिकी आगामी कार्यक्रमको तयारी अहिलेदेखी गर्नुपर्ने बिषयमा सबैले एकमत जाहेर गरेका थिए।
त्यसै गरि मेन्टल हेल्थ प्रोजेक्ट संचालानार्थ चाहिने फन्डको लागि गरिएको निबेदनको प्रगति विवरण बिषयमा भू पू अध्यक्ष एवम सल्लाहाकार मधुकर गुरुङले प्रकाश पार्दै यस उप्रान्त हुने कुनै पनि प्रगति सम्बन्धमा ईमेल मार्फत सबैलाई जानकारि गराउने वाचा व्यक्त गरेका थिए।
ग्रेटर रशमुर नेपाली कमिनिटिको विधान संसोधन गर्न बान्छनिय देखिएकोले संस्थाका अध्यक्ष मेजर रिटायर्ड टिकेन्द्र दल देवानद्वारा पूर्व बैठक मार्फत पेश गरेको संशोधित विधान उपर पुन: अध्ययन गरि कुनै सुझाव भए ईमेल मार्फत अध्यक्षलाई जानकारि गराउने निर्णय भयो भने सोही अवसरमा अध्यक्ष देवानले हालसम्म आफ्नो व्यक्तिगत र संस्थाको तर्फबाट नेपालि समुदायको लागि भए गरेका काम कार्वाहीको फेहरिस्ता प्रस्तुत गर्दै काउन्सिल र सरोकारवालाहरूसँग हुने हरेक बैठकमा आफूले ग्रेटर रशमुर नेपाली कमिनिटिलाई अफिसको माग जारी राखेको र सो पूरा हुने सम्भावना प्रबल रहेको बताएका थिए। उमेरमा १५ बर्ष मुनिका फुटबल टिमलाई फुटबल किटको लागि सहयोगार्थ प्रस्ताव उपर छलफल गरि संस्थाको तर्फबाट £१०० दिने र अरु आवश्यक अर्थोपार्जनको लागि संस्थाका कोसाध्यक्ष राम धन राईको संयोजकत्वमा खेलकुद सचिव अशोक थापा र सदस्य राजेन्द्र गुरुङ सदस्य रहने गरि उपसमितीको गठन गर्ने निर्णय भयो भने प्रथम नौमतिबाजा गुल्मी यू केको तर्फबाट £२५ र उपस्थित कार्यसमिती र सल्लाहाकारहरू समेतबाट स्वत: स्फूर्त रुपमा £१२५ उठेको थियो।
रशमुर एरियामा नेपालिहरूलाई असाध्यै माया गरि हरेक सूख दु:खमा आत्मदेखी पूर्ण रुपमा साद दिने रशमुरका मेयर Alex Crewford को बिषयमा छलफल हुँदा निजको पदावधी सकिनै लागेको यस घडिमा बी जी डब्लु एस र ग्रेटर रशमुर नेपाली कमिनिटिको संयुक्त पहलमा कार्यक्रमको आयोजना गरि सम्मान स्वरुप उपहार प्रदान गर्ने निर्णय भयो।
एन आर एन यू केका निबर्तमान अध्यक्ष एवम संस्थाका सल्लाहाकार सूर्य गुरुङ्द्वारा प्रस्तावित नेपालि भाषा शिक्षा कलास उपर छलफल गरि यसको नितान्त आबश्यकतालाई मनन गर्दै पछि पदाधिकारीहरूको बैठक बसी छिटो भन्दा छिटो कार्य रुप दिने निर्णय भयो।
सोही क्रममा संस्थाका कोसाध्यक्ष राम धन राईले आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै संस्थामा आर्थिक अभाव निक्कै खडकिएकोले छिट्टै नै कुनै कार्यक्रमको आयोजना गरि बजेट बढाउन जरुरी रहेको बताएका थिए।
छलफलकै क्रममा सल्लाहाकार क्याप्टेन रिटायर्ड राजेन्द्र मान गुरुङले आफूले रशमुर हेल्दी लिभिङको बैठकमा निरन्तर रुपमा सहभागी रहेको र सोको जानकारि ईमेल मार्फत गराउदै आएको जनाउदै निकट भविश्यमा सत्यसाइ केन्द्रको आयोजनामा हुन गइरहेको निशुल्क स्वास्थ्य परिक्षण बिषयमा जानकारि गराएका थिए।
त्यस्तै मृत्यु शैयामा पुगेका नेपालिहरूलाई झुठ्ठो आश्वासन दीइ धर्म परिवर्तन गराउने गिरोह उपर सजक रहन के गर्न सकिन्छ भन्ने बिषयमा छलफल गरि सकेसम्म एक अर्कोलाई जानकारि गराउने र अध्यक्ष देवानले कथित धर्मावलम्विका प्रमुखलाई भेटि कुरा गर्ने निर्णय भयो।
यस बैठकको सबै भन्दा महत्वपूर्ण मूद्वा रिडिङ र अल्डर्शटका युबाहरू बीच बढिरहेको तिक्तताको परिणाम र यसको नेपालि समुदाय उपर पर्न गएको नकारात्मक असर एवम त्यसको निधान बिषयमा छलफल गर्न आमन्त्रण गरिएका ग्रेटर रिडिङ् नेपाली समाजका अध्यक्ष महेश गुरुङ, उपाध्यक्ष ओमेन्द्र गुरुङ, तमुधी यू केका अध्यक्ष मछेत्र गुरुङ, मगर संघ यू केका अध्यक्ष मेजर रिटायर्ड कुल थापा रशमुर ब्रो काउन्सिल कम्युनिटी बिभाग, नव युवा, किरात राइ ययोखाका अध्यक्ष राम धन राई,प्रहरी अफिसर बसन्त लगजम्बा समेतको सहभागितामा ब्यापक बहसले यसरी समुहगत रुपमा एक एरिया र अर्को एरियाका निबासी बीचको भौतिक लडाइको घोर भ्रत्सना गर्ने, अपराधमा सँलग्न जो कोहि पनि आफै जवाफदेही हुनु पर्ने,ग्रेटर रिडिङ् नेपाली समाज वा ग्रेटर नेपालि कमिनिटि फान्ब्रो यसता अपराधिक कृयाकलापको हिस्सा हुन नसक्ने निर्णय गर्दै एक पटकको लागि दुबै संस्थाको पहलमा संलग्न पक्षको जानकारि लीइ उनिहरुका अभिभावक समेतलाई देश काल परिस्थिती र हुन सक्ने सम्भावित परिणाम बारेमा सुसुचित गर्ने गराउने र आपसी तिक्तता मेटाउन के गर्न सकिन्छ सोको लागि प्रयास गर्ने निर्णय भयो। रिडिङ युवा र अल्डरशटका युवाहरुको आफ्नो असमझदारिले अल्डरशट फार्न्ब्रोमा हुने कार्यक्रममा साङ्घातिक आक्रमणले अपराधतर्फ बढ्ने र कार्वाहीले कानुन सम्मत जेल तथा भविस्यमा नामको खराबीले जागिरमा असर पर्ने र यू केबाट नै बाहिरयाउने ( deportation ) जस्ता कार्वाही पनि हुन सक्ने छलफल भयो।
निक्कै नै अर्थपूर्ण एवम फलदायी रुपमा सम्पन्न उक्त बैठकमा ग्रेटर रशमुर नेपाली कमिनिटिका अध्यक्ष मेजर रिटायर्ड टिकेन्द्र दल देवान,एन आर एन यू केका निबर्तमान अध्यक्ष एवम संस्थाका सल्लहाकार सूर्य गुरुङ, भू पू अध्यक्ष एवम सल्लाहाकार मधुकर गुरुङ, सल्लाहाकार मेजर रिटायर्ड सूर्य उपाध्याय, क्याप्टेन रिटायर्ड राजेन्द्र मान गुरुङ, क्याप्टेन रिटायर्ड तिर्थ गुरुङ, मगर संघ यू केका अध्यक्ष एवम सल्लाहाकार कुल थापा, तमुधी यू केका अध्यक्ष मछेत्र गुरुङ, ग्रेटर रिडिङ् नेपाली समाजका अध्यक्ष महेश गुरुङ, उपाध्यक्ष ओमेन्द्र गुरुङ, प्रथम नौमतिबाजा गुल्मी यू केका संयोजक टोप बहादुर पल्ली, प्रहरी प्रशासनका तर्फबाट अफिसर बसन्त लगजम्बा, ग्रेटर रशमुर नेपाली कमिनिटिका उपाध्यक्ष ओम थापा, महासचिव रोहित गुरुङ, कोसाध्यक्ष राम धन राई, खेलकुद सचिव अशोक थापा, प्रबक्ता जिब बेल्बासे, सदस्य पूस्पा गुरुङ्, राजेन्द्र गुरुङ, नेम थापा, शेस कुमारी पाली र टिकारमा गुरुङको सहभागिता रहेको थियो।
जिब बेल्बासे
प्रबक्ता
जिआरएनसी
हार्दिक शुभकामना
२५५६ औ बुद्धजयन्तीको उपलक्षमा दिगो शान्तिको कामनाका साथै हार्दिक शुभकामना...!!! May Peace prevail on Earth...HAPPY BUDDHA JAYANTI...!!!
जीप दुर्घटनामा ११ को मृत्यु, ४ घाइते
मनोज घर्तीमगर, पोखरा, वैशाख २४- कास्कीको धिताल-१ नुवार गाउँमा आज बिहान भएको जीप दुर्घटनामा ११ जनाको मृत्यु भएको छ। भेडाबारीबाट हेम्जातर्फ आइरहेको ग १ प ३२४८ नम्बरको जीप दुर्घटना हुँदा उनीहरुको मृत्य भएको हो। मृतकमध्ये ७ जनाको घटनास्थलमै र चार जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकमध्ये ल्वाङघलेल गाविस वडा नं. १ का जङ्गबहादुर बिक, असर्फी बिक, बलराम गौतम, बखतबहादुर क्षेत्री, ल्वाङघलेल–२ का मिनबहादुर बिक, टेकबहादुर बिक र पोखरा पामेकी मिठु अधिकारीको सनाखत भएको छ। त्यसैगरी विकास क्षेत्री र जुनु गुरुङको पनि सनाखत भएको छ। २ मृतकको सनाखत हुन सकेको छैन।
दुर्घटनामा परी घाइते भएका चार जनामध्ये दुई जनाको मणिपाल क्षिक्षण अस्पताल र दुई जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
हिजोमात्र कास्कीमा बाढीमा परी १३ जनाले ज्यान गुमाएका थिए।
विदेशबाट फर्केका महिलालाई तालिम
मानवअधिकारका लागि जनमञ्च (पिपुल फोरम)ले गुल्मी जिल्लाबाट रोजगारीका लागि विदेश पुगरे फर्केका महिलाहरुका लागि तिन दिने क्षमता अभिबृद्धि तालिम प्रदान गरेको छ ।
युरोपिआप्रवासी कामदारहरुको अधिकार संरक्षण, उनीहरुको संगठन, क्षमता अभिबृद्धि, लगायतका क्षेत्रमा काम गर्दै आएको फोरमले रोजगारीका लागि जानेहरुलाई विदेशमा जानु पूर्व गर्नु पर्ने कार्य, जान्नु पर्ने कुराहरु, आफु जाने देशका नीति नियम, कानुनी प्रकृया लगायतका बारेमा जानकारी गराएको थियो । त्यस्तै विदेश पुगेर फर्केकाहरुलाई त्यहा काम गर्दा आईपर्ने समस्या, कानुनी अप्ठ्यारा, समाधानका उपाय, नेपालबाट हुन सक्ने पहल, क्षतिपूर्तिका प्रकृया लगायतका बारेमा तालिम प्रदान गरेको थियो । बुधवार सकिएको तिन दिने तालिममा विदेश पुगेर फर्केका २६ महिलाहरु सहभागि भएको पिपुल फोरमका अध्यक्ष सोम लुर्इटेलले बताए ।
तम्घासमा द्वन्द व्यवस्थापन तालीम
जनार्दन घिमिरे
स्थानीय तहमा उत्पन्न द्वन्द न्यूनिकरणकालागि संचालीन द्वन्द व्यवस्थापन सम्वन्धि दुई दिने मध्यस्थता तालीम आज गुल्मीको सदरमुकाम तम्घासमा सम्पन्न भएको छ । समितिका पदाधिकारीहरुलाई लक्षीत गरि स्थानीय शान्ति समिति गुल्मीको आयोजनामा संचालीत उक्त तालीममा स्थानीय शान्ति समितिको काम कर्तव्य र अधिकार, समस्या र चुनौतीहरु, मध्यस्थता, त्यसको भूमिका र दिगो शान्ति स्थापनाका लागि गर्नु पर्ने कामहरुका वारेमा जानकारी गराईएको थियो ।
तालीममा द्वन्द विश्लेषक परशुराम घिमिरेले द्वन्दलाई न्यूनिकरण गर्नमा स्थानीय शान्ति समितिको भूमिका महत्वपूर्ण हुने भन्दै स्थानीय तहवाट नै द्वन्दलाई व्यवस्थापन गर्न सकेमा दिगो शान्ति निर्माणमा सघाउ पुग्ने धारणा व्यक्त गर्नु भएको थियो । स्थानीय शान्ति समितिका संयोजक टोमलाल पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रमा जिल्ला स्थित स्थानीय शान्ति समितिका पुर्व संयोजकहरु युवराज केसी, जीवन राना लगायत समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको स्थानीय शान्ति समिति गुल्मीकि सचिव अनिता ज्ञवालीले संचालन गर्नु भएको थियो ।
हिमपहिरोपछि आएको बाढीबाट मर्नेको सङ्ख्या १३ पुग्यो
हिमपहिरोपछि आएको बाढीबाट मर्नेको सङ्ख्या १३ पुग्यो । कास्कीको माछापुच्छ्रे गाविसमा रहेको अन्नपूर्ण हिमश्रृंखलामा भिषण हिमपहिरो गएको छ । हिम पहिरोपछि सेती नदीमा आएको बाढीमा परि कम्तिमा १३ जनाको मृत्यु भएको छ भने ठूलो धनजनको क्षति भएको छ । केहिबेर अघि घटनास्थल पुगेर फर्किएका पत्रकार त्रिभुवन पौडेलका अनुसार खारापानी बजार पुरै बगाएको छ । त्यहाँ करिव ३० मिटर लेदो माटो थुपि्रएको छ । बस्तीको कुनै नाम निसाना छैन भने त्यहाँ बस्दै आएकाहरु बेपत्ता छन् । टिकट काटेर तातोपानीमा डुब्न गएका करिव ३० जना हराएको अनुमान गरिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी, पश्चिम क्षेत्रीय पृतनापति तथा सशस्त्र र जनपथ प्रहरीका डीआईजीसहितको टोलीले अपराहृन हेलिकोप्टरमार्फत खारापानीसहित सेती नदी आसपासका बस्तीहरुको निरीक्षण गरेको थियो । सोही टोलीमा रहेका पत्रकार पौडेलका अनुसार नदी किनारमा कहीँ पनि बस्ती र त्यसका अबशेष देखिएन । नदी किनारमा कुन-कुन बस्ती थिए र कति मानिसको बसोबास गर्थे भन्ने टोलीले यकिन गर्न सकेन । पुरिएको खारापानी बजारमा थुपि्रएको लेदोमाटो फाल्न स्काभेटर लैजान तयारी भइरहेको प्रहरीले जनाएको छ । सबै स्थिति हेर्दा ५० भन्दा बढी मानिस बेपत्ता भएको प्रहरीको प्रारम्भीक अनुमान छ । हेरौँ भिडियो: टोलीले अन्नपूर्ण हिमश्रृंखला क्षेत्रमा कुनै ताल फुटेको नपाएपछि हिमपहिरो नै गएर नै नदीमा बाढी आएको ठहर गरेको छ । यसबारे थप जानकारी दिन टोलीले पत्रकार सम्मेलन गर्दैछ । पहिरोमा परि बगाएका तीन जनाको भने जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । जीवितै उद्धार गरिएकाहरुको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ हिमपहिरोले चारवटा ट्रक समेत वगाएको छ भने स्याङ्जावाट बनभोजका लागि आएको बसपनि वाढीले वगाएको प्रहरीले जनाएको छ । बसमा रहेका केही पुलमा भेटिएको बताइएको छ । सेती नदीमा पानीको बहाव बढ्ने र घट्ने क्रम अहिले पनि जारी छ । घटना स्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना तथा स्थानियवासीहरुको पहलमा उद्दार कार्य जारी छ । नेपाली सेनाको लन्चरसहितको २ र मुक्ति एयरलाइन्सको हेलिकोप्टर उद्धारमा जुटेको छ । सैनिक प्रवक्ता रमिन्द्र क्षेत्रीका अनुसार सेनाको टोली उद्धार कार्यमा जुटेको छ । हेरौँ यो अर्को भिडियो पनि: बाढी आउँदैछ भन्ने कसरी थाहा भयो ? सेती नदीमा बाढी नआउँदै पोखराका बासिन्दाल लौ बाढी आउँदैछ भनेर अत्तालिए । यता र उता भागदौड र हारगुहार गरे । सबै चनाखो बने । नदी आसपासमा रहेका बासिन्दा सुरक्षित ठाउँतिर दौडिए । आखिर सेतीमा बाढी आउँदैछ भन्ने कुरा कसरी थाहा भयो होला त ? पोखरा विमानस्थल कार्यालयका बरिष्ठ अधिकृत अनुप जोशीका अनुसार पोखरातर्फ आउँदै गरेको जहाजले माछापुच्छ्रे हिमालको फेदीबाट हिमनदी बगेको र त्यो सेती नदीमा बाढीको रुपमा अघि बढ्दै गरेको खबर गरे । त्यसपछि विमानस्थल कार्यालयले सञ्चारमाध्यमलाई खबर गरेपछि मात्रै यसबारे अगि्रम जानकारी भएको हो । ठूलो आवाज र रुख तथा काठपात बगाउँदै बगेको बाढीमा पानी भन्दा बढी लेदो र माटो देखिएको छ । अन्लाईन खबर डट कमबाट हिमपहिरोपछि आएको बाढीबाट मर्नेको सङ्ख्या १३ पुग्यो अन्लाईनखबर डट कम र नागरिकन्युज डट कमबाट
गुल्मी समाज यूकेद्वारा ७२ लाख रुपैयाँ बराबरको सहयोग, गत बर्ष मात्र ३४ लाखको सहयोग

शिव भण्डारी/केशव भण्डारी
गुल्मी जिल्ला समाज युकेको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । गत अप्रिल २२ तारिखका दिन केन्टको टनब्रीज स्कुलमा आयोजित साधारणसभाको उद्घाटन समाजका अध्यक्ष ओमप्रसाद थापा र वयोवृद्ध सदस्य धनबहादुर बुढाथोकीले पानसमा बत्ती बालेर संयुक्त रुपमा गरेका थिए ।
अध्यक्ष थापाले गुल्मी समाज, युकेले गुल्मी जिल्लामा विभिन्न सामाजिक काम गर्दै आइरहेको जनाउँदै गत वर्ष मात्र गुल्मीमा करिब ३४ लाख रुपैयाँ बराबरको सहयोग गरिएको जानकारी दिए । कार्यक्रममा गुल्मी समाज युकेले स्थापनाकालदेखि हालसम्म विभिन्न सामाजिक क्षेत्रमा ७२ लाख रुपैयाँ बराबरको सहयोग गरिसकेको जानकारी दिइएको थियो ।
समाजले गत वर्ष अपाङ्ग दिवसको अवसरमा च्यारिटी कार्यक्रम गरेर करिब १६ लाख रुपियाँ सङ्कलन गरी आशा अपाङ्ग केन्द्र, नेपाललाई प्रदान गरेको थियो । समाजको वाषिर्क गतिविधि प्रस्तुत गर्दै संघका अध्यक्ष थापाले अल्टरसोटमा बस्दै आएका गुल्मीबासी काशीराम थापाको आकस्मिक निधन भएपछि परिवारबाट सहयोगको अनुरोध आएकाले मृतकका परिवारलाई गुल्मी समाज युकेको नेतृत्वमा बेलायतबासी गुल्मेली र विभिन्न ११ वटा संघसंस्थाले सहयोग गरेको बताए । उनले मृतक थापाको परिवारलाई करिब ७ हजार पाउण्ड सहयोग प्रदान गरेको समेत बताए ।
यसैगरी, गुल्मी निवासी १७ वषर्ीया मैया खरेलको मुटुको शल्यक्रिया गर्न गुल्मी जिल्ला समाज युके र नटिङ्घम समाज युकेको सक्रियतामा संयुक्त रुपमा १ लाख रुपैयाँ प्रदान गरिएको जानकारी दिइएको थियो ।
साधारणसभामा आफ्नो जन्मथलो गुल्मीमा व्यक्तिगत रुपले विभिन्न क्षेत्रमा सहयोग गर्ने समाजसेवीहरुलाई सम्मान र धन्यवाद व्यक्त गरिएको थियो । सो अवसरमा गुल्मीको भार्सेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न मेघबहादुर गलामी र दुर्गा बुढाथोकीको अगुवाईमा दुई लाख रुपैयाँ सहयोग गर्ने भार्सेली बेलायतवासी प्रति पनि धन्यवाद व्यक्त गरियो । भार्सेकै गुम्बा मन्दिरमा खानेपानी व्यवस्थापनका लागि एक लाख पच्चीस हजार सहयोग गर्ने प्रेमसिंह राना र शिला रानालाई सम्मान गरिएको थियो ।
यसैगरी समाजका सल्लाहकार चक्रबहादुर रानाले गुल्मी लिम्घामा मोटरबाटो निर्माणका लागि एक लाख पच्चीस हजार र अर्का सल्लाहकार टेकबहादुर थापाको नेतृत्वमा हसराको पम्फुका स्थित विष्णुमती, विद्यालय सञ्चालनका लागि दुई लाख उनचालिस हजार रुपैया सहयोग गरेबापत थापा र रानालाई पनि सम्मान गरियो ।
सल्लाहकार फत्त थापा र आजीवन सदस्य खड्क रेस्मीले आफु जन्मेको गाउँ गुल्मीको हस्तिचौरको श्रीदेवीस्थान मावि तालतुङभवन निर्माणका लागि जग्गा खरिद गर्न जनही ५/५ लाख रुपैयाँ प्रदान गरे वापत पनि समाजले सम्मान गरेको थियो ।
सल्लाहकार दासुराम पाण्डेले गुल्मी अस्लेवाको श्रीराम स्कुललाई दुई लाख दश हजार र समाजका मिडिया सेक्रेटरी शिव भण्डारीले नेपाल रेडक्रस सोसाइटीको उपशाखा धुर्कोटको भवन निर्माणमा २५ हजार, गुल्मी धुर्कोटकै परमानन्द बहुमुखी क्याम्पसलाई ५० हजार र जन्मथलो र शिक्षा आर्जन गरेको विद्यालय पाञ्चायन उच्च मावि जैसीथोकलाई एकलाख ५० हजार रुपैंया प्रदान गरेकोमा समाजको तर्फबाट आभार प्रकट गरिएको थियो ।
समाजका अध्यक्ष ओमप्रसाद थापा, उपाध्यक्ष मोती भण्डारी र महासचिव अर्जुन गौतमले संयुक्त रुपमा शान्तिपुर रेमीका श्री भारती निमावि स्कुलको कोठा थप गर्न पचहत्तर हजार रुपिया प्रदान गरेकोमा धन्यवाद दिइएको थियो ।
अध्यक्ष थापाको सभापतित्वमा सम्पन्न छैटौँ साधारणसभामा समाजका उपाध्यक्ष मोती भण्डारीले स्वागत मन्तव्य राखेका थिए । महासचिव अर्जुन गौतमले समाजको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष वीन भुजेलले आर्थिक प्रतिवेदन पेश गरेका थिए । गुल्मी जिल्ला समाजका महासचिव अर्जुन गौतम र सचिव विनोद ज्ञवालीले सञ्चालन गरेको साधारणसभामा सल्लाहकार बालजङ्ग अर्याल, पशुपति भण्डारी, दासुराम पाण्डे, वसन्त भुजेल, फत्त थापाले आफ्ना सुझावहरु राखेका थिए ।
नौमती बाजाको गतिविधिबारे टोपबहादुर पल्लीले जानकारी दिएका थिए । आगामी वर्ष पनि समाजिक कार्यलाई निरन्तरता दिन च्यारिटी कार्यक्रम गर्ने, आजीवन सदस्यहरुबाट जम्मा भएको रकममा प्रशासनिक खर्च चलाउने, गुल्मी जिल्ला समाज युकेलाई च्यारिटी संस्थाका रुपमा दर्ता गर्नेजस्ता विषयमा समेत साधारणसभामा व्यापक छलफल भएको थियो ।
१४६ जना आजीवन सदस्य रहेको समाजलाई थप बलियो बनाएर अगाडि बढाउने निर्णय पनि साधारण सभाले गरेको छ । साथै आगामी वर्ष सम्पूर्ण गुल्मी जिल्ला समाजका गतिविधि एवं आजीवन सदस्यहरुको परिचय समेट्ने गरी एक पुस्तक प्रकाशन गर्ने निर्णय पनि सभाले गरेको छ । यसैगरी समाजको वाषिर्क भेटघाट आगामी अगष्ट ४ तारिखका दिन फार्नबोरो ओकफार्म स्कुलमा गर्ने निर्णयसमेत सभाले गरेको छ ।
--
Posted By Admin to
Gulminews.com at 5/04/2012 08:41:00 AM
गुल्मी धुर्कोट रजस्थलमा आगलागी, १ घर २ गोठ जले
गुल्मीको धुर्कोट रजस्थलमा गए राती लागेको आगोबाट १ घर र २ गोठ जलेर नष्ट भएका छन । हिजो राती करिब ११ बजे धुर्कोट रजस्थल ४ स्थित अैट बहादुर नेपालीको घरमा बालेको टुकीबाट सल्केको आगोले नेपालीको घर गोठ र छिमेकी लोक बहादुर नेपालीको गोठ जल्दा करीब ३ लाख बराबरको धनमालको क्षती भएको छ । स्थानिय छिमेकी हरुको सहयोगमा आज बिहान करिब २ बजे तिर आगो निभाईको थियो । आगलिबाट मानबीय क्षती नभएपनी घर-गोठका साथै घर भित्र रहेका धनमाल जलेर नष्ट भएका छन । यसअघि गत आईतवार र सोमबार पनि गुल्मीकै अर्खले र ठुलोलुम्पेकमा आगलागी हुँदा ३ वटा घर र ४ वटा गोठ जलेर नष्ट भएका थिए ।
गुल्मी जिल्ला समाजको छैटौं साधारणसभा
गुल्मी जिल्ला समाज, यूकेको छैठौं वार्षिक साधारणसभा अप्रिल २२ तारिखमा केन्टको टनब्रिज स्कूलमा सम्पन्न भएको छ । उक्त साधारणसभाको उद्घाटन समाजका अध्यक्ष ओमप्रसाद थापा र उपस्थित बयोवृद्ध सदस्य धनबहादुर बुढाथोकीले पानसमा दीप प्रज्ज्वलन गरी गरेका थिए ।
गुल्मी जिल्लाका सामाजिक कार्यलाई प्राथमिकता दिन बनाइएको गुल्मी जिल्ला समाज, यूकेले गत वर्ष मात्रै गुल्मीमा करिब ३४ लाख रुपैयाँ बराबरको सहयोग पुर्žयाएको जानकारी समाजका अध्यक्ष थापाले गराए । छ वर्षमा गुल्मीका विभिन्न सामाजिक क्षेत्रमा कुल ७२ लाख रुपैयाँ बराबरको सहयोग पुर्žयाएको जानकारी गराइएको थियो । गत वर्ष विश्व अपाङ्ग दिवसको अवसरमा गरिएको च्यारिटी कार्यक्रमबाट करीब १६ लाख रुपैयाँको सहयोग आशा अपाङ्ग केन्द्र, नेपालको माध्यमबाट नेपालका अपाङ्गलाई दिइएको थियो ।
समाजको वार्षिक गतिविधि प्रस्तुत गर्दै अध्यक्ष थापाले अल्डरसर्टमा बस्ने गुल्मीबासी काशिराम थापाको आकस्मिक निधन भएको र परिवारबाट सहयोगको अनुरोध आएकाले समाजको नेतृत्वमा यूकेबासी गुल्मेली र विभिन्न ११ वटा संघसंस्थाले सहयोग गरेको बताए । स्व. थापाको दाहसंस्कार र परिवारलाई सहयोग गर्न करीब सात हजार पौण्ड संकलन गरिएको थियो । त्यस्तै गुल्मी निवासी १७ वर्षीया मैयाँ खरेलको मुटुको शल्यक्रिया गर्न गुल्मी जिल्ला समाज यूके र नटिङ्घम समाज यूकेको सक्रियतामा एक लाख रुपैयाँ सहयोग गरिएको थियो ।
साधारणसभामा जन्मथलो गुल्मीमा व्यक्तिगत रुपले सहयोग गर्ने समाजसेवीलाई पनि सम्मान गरियो । गुल्मीको भार्सेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न मेघबहादुर गलामी र दुर्गा बुढाथोकीको अगुवाइमा दुई लाख रुपैयाँ सहयोग गर्ने भार्सेली बेलायतबासीलाई धन्यवाद दिइयो । भार्सेकै गुम्बामा खानेपानी व्यवस्थाको लागि एक लाख पच्चीस हजार सहयोग गर्ने प्रेमसिंह राना र शिला रानालाई पनि सम्मान गरियो ।
यसैगरी समाजका सल्लाहकार चक्रबहादुर रानाले गुल्मी लिम्गामा मोटरबाटो निर्माणका लागि एक लाख पच्चीस हजार रुपैयाँ र अर्का सल्लाहकार टेकबहादुर थापाको नेतृत्वमा हसराको पम्फूस्थित विष्णुमती विद्यालय सञ्चालनको लागि दुई लाख उन्चालीस हजार रुपैयाँ सहयोग गरेबापत सम्मान गरियो । सल्लाहकार पत्त थापा र आजीवन सदस्य खड्का रेस्मीले आफू जन्मेको गाउँ गुल्मी हस्विचौरको श्रीदेवीस्थान मावि तालतुङ्गको भवन निर्माणको लागि जग्गा खरिद गर्न जनही पाँचपाँच लाख रुपैयाँ प्रदान गरेबापत सम्मान गरियो ।
सल्लाहकार दाँसुराम पाण्डेले गुल्मीको अस्लेवाको श्रीराम स्कूललाई दुई लाख दश हजार रुपैयाँ र समाजका मिडिया सेक्रेटरी शिव भण्डारीले धुर्कोट रेडक्रस र क्याम्पसलाई एक लाख रुपैयाा प्रदान गरेकोमा आभार प्रकट गरियो । समाजका अध्यक्ष ओमप्रसाद थापा, उपाध्यक्ष मोति भण्डारी र महासचिव अर्जुन गौतमले संयुक्त रुपमा शान्तिपुर रेमीमा श्री भारती निमावि स्कूलको कोठा थप गर्न पचहत्तर हजार रुपैयाँ प्रदान गरेकोमा धन्यवाद दिइयो ।
समाजका अध्यक्ष थापाको सभापतित्वमा सम्पन्न साधारणसभामा समाजका उपाध्यक्ष भण्डारीले स्वागत मन्तव्य व्यक्त गरे । महासचिव गौतमले वाषिर्क प्रतिवेदन र कोषाध्यक्ष वीन भुजेलले आर्थिक प्रतिवेदन पेस गरे । नौमति बाजाको गतिविधिबारे टोपबहादुर पल्लीले जानकारी गराए । समाजका महासचिव गौतम र सचिव विनोद ज्ञवालीले सञ्चालन गरेको सभामा सल्लाहकार बालजङ्ग अर्याल, पशुपति भण्डारी, दाासुराम पाण्डे, वसन्त भुजेल र फत्त थापाले आफ्ना सुझाव प्रस्तुत गरेका थिए ।
आगामी वर्ष पनि सामाजिक कार्यलाई निरन्तरता दिन च्यारिटी कार्यक्रम गर्ने, आजीवन सदस्यबाट जम्मा भएको पैसा लगानी गरी प्रशासनिक खर्च चलाउने र समाजलाई च्यारिटी संस्थाको रुपमा दर्ता गर्नेजस्ता विषयमा व्यापक छलफल भएको थियो । १४६ आजीवन सदस्य भएको समाजमा आजीवन सदस्य अरु थप्ने निर्णय गरिएको छ । आगामी वर्ष समाजका सम्पूर्ण गतिविधि एवं आजीवन सदस्यहरूको परिचय समेट्नेगरी पुस्तक प्रकाशन गर्ने निर्णय पनि गरिएको छ । समाजको छैटौं वार्षिक भेटघाट कार्यक्रम आगामी अगष्ट महिनामा गर्ने तय गरिएको छ ।
केशव भण्डारी
हामी भित्रका डाक्टरहरु/
Subject: Doctors within Us

Dr,Samir Lama,MBBS
हामी हरेक भित्र विभिन्न प्रकारका गुण,
अवगुणहरु रहेका हुन्छन्। डाक्टरहरु पनि मानिस नै हुन् र यी विभिन्न खालका बानी,
गुणहरुबाट हामी पनि अछुतो रहन सक्दैनौ। यिनै कुराहरुलाई आधार मानेर र समेटेर यो
व्यंग्यात्मक लेख लेखिएको छ।
यो पूर्णरुपमा काल्पनिक लेख हो, कसैको
व्यक्तिगत जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ।
डा.
दधिची
धनी परिवारमा जन्मेका उनी कहिल्यै डाक्टर बन्छु भन्ने सोचेका थिएनन्,
तर बुवाले उनलाई डाक्टर बनाउन खुबै खर्च गरे, शायद त्यसैको असुल गरिरहेका हुन् कि
भन्ने शंका लाग्ने, व्यापारिक पृष्टभूमीमा हुर्किएका जसका गुणहरु उनमा अझै
देखिन्छन्, महंगो गाडी चढ्छन्, क्लिनिकमा टिकट नकाटी त विरामीसँग बोल्न पनि
मान्दैनन्, उनका नियमित विरामीहरु प्राय: धनाढ्य परिवारकै हुन्छन्।
डा. दूर्वासा
नामै अनुसारका, जो
कोही उनीसँग बोल्न पनि नसक्ने, नाकैमा रिस झुण्डिएको झै लाग्ने, क्लिनिकमा हरेक
कुरा मिलेको हुनुपर्ने, विरामीले केही सोध्यो भन्यो भने "तपाईं डाक्टर की म डाक्टर"
भनेर थर्काइ हाल्ने, बेलाबेलामा झण्डझण्डै कुटाई खानबाट बचेका, त्यही पनि सुध्रिने
कुनै छाटकाट नदेखिएको, प्राय: एक्लै बस्न मन पराउने, परिवारको बारेमा कसैलाई पनि
थाहा नभएको र सोध्ने हिम्मत त कसले गरोस्, हार्ड ड्रिन्क्सका शौखिन।
डा.
वैध
शान्त स्वाभावका विस्तारै बोल्ने, कहिल्यै नरिसाउने, प्राक्टिस गर्न
थालेको १५-२० वर्ष भैसक्यो अझै पनि उनी स्कुटरमै दौडिरहन्छन्, एलोप्याथीक औषधी
भन्दा आर्युवेदिक औषधी, प्राकृतिक चिकित्सा बढी मन पराउने, विरामीहरुलाई बेलाबेला
योगा पनि सिकाइरहेका हुन्छन्, प्रेसरका विरामीलाई करेला खाने, निमपत्ता खाने सल्लाह
दिइरहेका हुन्छन्, एउटै विरामी हेर्न आधा घण्टा लगाइदिने, धर्ममा प्रगाढ आस्था
राख्ने, उनको क्लिनिकको कोठामा पनि भगवानका प्रशस्तै फोटाहरु सजाइएका छन्।
डा. एम
आर
भर्खरै किनिएको नयाँ कारमा दौडन्छन् उनी, पटकपटक महंगा मोबाइल पनि
फेरिरहेका हुन्छन्, बेलाबेलामा विदेश भ्रमणमा पनि निस्कन्छन्, गफ निकै मिठो गर्ने
तर औषधी चाहीं अलि बढि लेख्छन् भन्ने विरामीहरु गुनासो गर्छन्, सधैं स्मार्ट भएर
चिटिक्क परेर बस्ने, साथमा जहिले १-२ जना एमआर/MR अर्थात मेडिकल रिप्रेजेन्टेटिभ
लिएर हिड्ने, जसले उनको पीए को जस्तो काम गरिरहेका हुन्छन्, उनको घरमा हरेक महिना
महंगा नयाँनयाँ सामान औषधी कम्पनीबाट सिधै डेलिभरी हुन्छ भन्ने हल्ला
सुनिन्छ।
डा. के के
केके अर्थात् किरणकुमार,
प्रख्यात सर्जन/चिरफार रोग विशेषज्ञ, तर सबै उनलाई 'कसाइँ कुमार' भन्छन, अप्रेशनको
साह्रैं राम्रो स्किल भएको तर हरेक रोगको उपचार सर्जरी नै हो भन्ने मान्यता भएका,
उनकोमा गएको विरामी शायदै अप्रेशन विना फर्कन्छन् रे, विरामीसँग कमै बोल्ने र बाहिर
भन्दा ओ टी मा रमाउने, आफ्नो ठाँउको हरेकको एपेन्डिक्स र पित्तथैलि उनले निकालिसके
भन्ने हल्ला बजारमा सुनिने, पैसाको खासै लोभ नगर्ने बेलाबेलामा गरिब विरामीको
सित्तैमा पनि अप्रेशन गरिदिन्छन् रे।

डा. बि
जी
बिजी अर्थात् बिजय जीसी तर डा बिजी भनिन रुचाउने, हुन पनि उनी सधैं बिजी
नै हुन्छन् अथवा देखिन्छन्, हिडिरहेका हुन् की दौडिरहेका छुट्याउन गाह्रों पर्छ,
सधैं मोबाइलमा बोलिरहेका हुन्छन्, विरामी हेर्दा पनि उनको मोबाइल बजि नै रहेको
हुन्छ, सधैं हतारमा देखिन्छन्, प्राय: १-२ घण्टा ढिलो क्लिनिक आउँछन् र आउने
बित्तिकै सबैलाई अत्याइदिन्छन्, हरेक कुरा टाइममा हुनुपर्छ उनलाई, आफू बाहेक। एउटा
विरामीसँग मुस्किलले १-२ मिनेट बोल्छन् होला, विरामीले केही कुरा भन्न लागे "यो
औषधी खानुस्, नभए फेरी भेटौला" भन्छन्, बिहान छ बजे निस्केर सबै क्लिनिक भ्याएर उनी
रातको १० बजे घर फर्कन्छन् भन्ने सुनिन्छ।

डा. पी
पी
पीपी अर्थात् प्रेम प्रसाद तर सबैले उनलाई पीपी अर्थात् 'परिक्षणप्रसाद'
भनेर चिन्छन् विरामीको समस्या सुन्न भन्दा बढी परिक्षण अर्थात
इन्भेस्टिगेसन/investigation गर्न रुचाउछन्, "जाँचको रिपोर्ट हेरेपछि विरामी किन
हेर्नुपर्यो" भन्छन्, हरेक टाउको दुखाईका लागि सिटी स्क्यान र पेट दुखाईका लागि
भिडियो एक्स रे उनको मुखमै झुण्डिएको हुन्छ, अलि शंकालु पाराका उनी हरेक सानो
कुरामा पनि ठूलो
समस्या लुकेको हुन्छ भन्ने विश्वास राख्छन्।
डा. मै
हु
खासमा उनको नाम महम्मद हुसेन हो तर डा मैहुँ का नामले उनी प्रख्यात वा
भनौं कुख्यात छन्, मेडिकल प्राक्टिसको २०-२५ वर्ष भैसकेका उनी आफ्नो ठाँउका नामुद
डाक्टर हुन्, जमानामा उनको मात्रै बोलबाला रहेको थियो, उनको कम्पिटिसनमा आउनसक्ने
कोही थिएन, आजभोलि भने नयाँ प्रतिस्पर्धीहरु आउन थालेका छन् तर उनमा पहिलेको घमण्ड
घट्नुको साटो झन बढेर गएको छ, कसैलाई मान्छे गन्दैनन्, विरामीलाई छुन पनि
खोज्दैनन्, "म जस्तो एक्सपिरियन्सड डाक्टरले विरामी जाँच्नै पर्दैन, हेरेरै रोग
पत्ता लगाइदिन्छु" भन्छन् रे, क्लिनिकमा आफ्नो लागि आरामदायी सोफा तर विरामीका लागि
सानो स्टुल राखेका छन्।

डा.
साइनो
उनको बानीका कारणले उनले यो उपनाम पाएका हुन्, विरामी प्राय:लाई उनी
साइनो लगाएर मिठो कुरा गर्छन्, आफ्नै उमेरकालाई साथी, अलिकती बढीकालाई दाईदिदी,
बुढाबुढीलाई बुवाआमा, सानालाई नानी, बाबु भनेर साईनो लगाइहाल्छन, मजाले टाइम दिएर
विरामीका समस्या सुन्छन्, उनका विरामीहरु उनीदेखि सन्तुष्ट पनि छन्, दुई सन्तानका
बुवा उनको पारिवारिक जीवन पनि सुखी छ, उनका विरामीहरु "उनको औषधीले भन्दा मिठो
कुराले बढि रोग निको पारेको हो" भन्छन्, एक पटक उनकोमा गएको विरामी उनले रिफर
नगरेसम्म शायदै अर्को डाक्टरकोमा पुग्छन्।

डा. ओली
जात ओली नभएपनि बानी
चाहीं नेता केपी ओलीको भन्दा केही कम छैन, डाक्टरी कम र राजनीति बढि गर्ने उनी अरु
डाक्टरका कुरा काट्न, अरुलाई गाली गर्न पनि खप्पिस छन्, अरुले लेखेको औषधी
काट्दिने, विरामीको अगाडी डाक्टरलाई होच्याउने उनी आफूले लेखेको औषधी बाहेक अरु
नखान कडा चेतावनी दिन्छन् रे, बेलाबेलामा डाक्टरी संघको चुनावमा उठेका उनले जित्न
भने कहिले सकेनन्, तैपनि 'बर्न टु बी पोलिटिसियन' जस्तो कुरा
गर्छन्।
माथिका उदाहरणहरु हामीमा भएका मानवीय गुण, अवगुणहरुको उच्चतम
विन्दुका उदाहरणहरु 'एक्स्ट्रिम एक्जाम्पलहरु' हुन्। हामी सबैमा यसका केही अंशहरु,
कसैमा कुनै बढि, कसैमा कुनै बढि पाउँछौं। अरुले पनि विरामी भएर वा विरामी लिएर
डाक्टरलाई भेट्दा डाक्टरहरुमा माथिका जस्ता डाक्टरका केही अंशहरु भेट्नुभएकै होला।
यी उदाहरणहरु हामी भित्रको मानवीय गुण, अवगुणहरुको चित्रण हो, आशा छ यसले हामीलाई
आफ्नो बारेमा सोच्न, बुझ्न, आफ्नो दृष्टिकोण र विरामीप्रतिको व्यवहार बुझ्न र
परिमार्जन गर्न सहयोग गर्नेछ।
यो लेख प्रोफेसर जोन मुर्ताघ/John
Murtagh को पुस्तक 'जेनेरल प्राक्टिस/General Practice' मा भएको लेखबाट
प्रभावित भएर त्यसलाई हाम्रो वातावरणमा ढालिएर लेखिएको हो।
Regards
ग्रेटर सशमूर नेपालि कमिनिटिले नयाँ बर्ष २०६९ मनायो
अल्डरशट ग्रेटर सशमूर नेपालि कमिनिटिको आयोजनामा नेपालि नयाँ बर्ष २०६९ मनाउने कार्यक्रम भव्यताकसाथ सम्पन्न भएको छ। नेपाली एबम बेलायती राष्ट्रिय धुन बजाउदै सुरु भएको उक्त कार्यक्रमको उदघाटन रशमूर ब्रो काउन्सिलका मेयर ब्भिह ऋचबधायचम र ग्रेटर सशमूर नेपालि कमिनिटिका अध्यक्ष भूपु मेजर टिकेन्द्र दल देवानले संयुक्त रुपमा पानसमा बत्ति बाली गरेका थिए। नयाँ बर्षकै दिन पारी शुभकामना आदान प्रदान एवम बर्सभरीको दुस्ख बिर्सीइ भावी सुनौलो समयको परिकल्पनाका साथ बिदेशि भूमिमा बिदेशि पाहुनाकासँग नव बर्ष मनाउने र सांकेतिक रुपमा आ(आफू बीच एवम फरक कमिटी बीच आपसी सकारात्मक तालमेलको लागि के गर्न सकिन्छ भन्ने बिषयलाई समेत छुने कोशिस गरिएको उक्त कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो।
पहिलो चरणको कार्यक्रम संचालन गर्दै ग्रेटर सशमूर नेपालि कमिनिटिका महा सचिव रोहित गुरुङले कार्यक्रमको उदेश्य र सार्थकता बिषयमा प्रकाश पार्दै हेल्थ एन्ड सेफ्टि सम्बन्धमा सबैलाई जानकारि गराएका थिए भने संस्थाका उपाध्यक्ष एवम नयाँ बर्ष २०६९ कार्यक्रमका संयोजक ओमा थापाले उपस्थित सबैलाई श्वागत गर्दै आफ्नो अतिनै व्यस्तताको बाबजुद पनि हाम्रो निमन्त्रणालाई स्विकारी पाल्नु हुने रशमूर ब्रो काउन्सिलका मेयर ब्भिह ऋचबधायचम र उहाँकी धर्म पत्नी, एनआरएन युकेका अध्यक्ष कुल आचार्य, बेलायतका लागि नेपालि दुताबासका काउन्सिलर सहचारी खिमानन्द भुसाल, रशमूर ब्रो काउन्सिलका व्गष्बि न्चबजबm र उहाँका पार्टनर प्रहरी बरिस्ठ उपरिक्षक ःबचप ऋजबततभचतयल र उहाँकी धर्म पत्नी, जी आर एन सी प्रमुख सल्लाहाकार भूपु मेजर डमर घले र उहाँकी धर्म पत्नी, सल्लाहाकार सूर्य गुरुङ र उहाँकी धर्म पत्नी, लगायत समस्त सल्लाहाकार गण, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरू र नेसनल युनियन अफ स्टुडेन्टका केन्द्रिय सदस्य सूर्य प्रकाश भट्ट लगायत उपस्थित सबैलाई धन्यबाद् दिदै कार्यक्रमको सफलताको लागि सहयोग गर्नु हुने गुल्मी समाज यूकेका सल्लाहाकार गोकर्ण बस्नेत, कार्यसमितिका महासचिव रोहित गुरुङ, सचिब धन छेत्री, कोसाध्यक्ष राम धन राई, प्रबक्ता जिब बेल्बासे, सास्क्रितिक सचिब रबी गुरुङ्, कार्यक्रमको दोस्रो चरणका संचालक एवम सदस्य पुस्पा गुरुङ र नव युवाका अध्यक्ष शिला लिम्बू, आफ्नो जागिरलाई समेत धरापमा राखी ग्रेटर सशमूर नेपालि कमिनिटिको हरेक जसो कार्यक्रममा सहभागी भई कार्यक्रमको बास्बिकतालाई फोटो मार्फत जनता माझ पुरयाउने फोटो पत्रकार मिलन तमु, कार्यक्रममा उपस्थित सबैलाई प्रचुर मात्रामा मनोरन्जन दिने कौडा नाचका नर्तकी छबी माया पुन, शेस कुमारी पाली, धन कला थापा, दिल माया बुढाथोकी, वलिवुड नाच प्रस्तोता सिता गुरुङ, गितकार ममता गुरुङ, प्रथम नौमती बाजा गुल्मी यू के संयोजक टोप पाली र उनको समुहका सदस्य ओम बुढाथोकि, पूर्ण बराल, बिन भुजेल, थाम राना, कुमार रोक्का, तिर्थ शाहि, तिल थापा, सकेला नाचका प्रस्तोता निलिमा, निशा, रेनुका, मेलिना, पवित्रा र ममता, ब्रेक डान्स प्रस्तोता बिष्णु गुरुङ, दोहोरी गायक बद्री केशी, देवी उपाध्याय, मनिसा काउचा तथा हल प्रायोजन गरि स्वादिस्ठ भोजन उप्लब्ध गराउने निर्माया रोधी घरका प्रबन्धक गणेश गुरुङ, बाचस्पती रेग्मी साथै निर्माया रोधी घर परिबारमा हार्दिक धन्यबाद ज्ञापन गरेका थिए।
कार्यक्रममा शुभकामना मन्तब्य दिने क्रममा रशमूर ब्रो काउन्सिलका मेयर ब्भिह ऋचबधायचम आफ्नो स्तरबाट हुन सक्ने सम्पुर्ण खाले सहयोग भू पू गोर्खा एवम समस्त नेपालि जनहरूलाई गर्ने बचन दिदै मेयर च्यारिटी मार्फत भू पू गोर्खाहरुलाई सहयोग गरेको र आगामी दिनमा समेत आफ्नो तर्फबाट हुन सक्ने सम्पुर्ण खाले सहयोग गोर्खाहरुका लागि भनि आफूले गोर्खाहरूको उच्च मूल्यांकन गर्ने गरेको बताउनुका साथै मेयर च्यारिटीमा ९साइकिल दौड० नव यूवाको सहयोग अती नै प्रशंसनिय रहेको जनाएका थिए, त्यसै गरि हालै केन्द्र सरकारबाट छुट्याइएको १५० हजार पाउन्ड समेतबाट गोर्खाहरूको सहयोगार्थ खर्च गरिने ब्यहोरा अवगत गराएका थिए। भने प्रहरी बरिस्ठ उपरिक्षक ःबचप ऋजबततभचतयलले ग्रेटर सशमूर नेपालि कमिनिटि र संस्थाका अध्यक्ष भूपु मेजर टिकेन्द्र दल देवानको सहयोग बिना प्रहरिबाट दीइने सेवा अपूरो हुन सक्ने कुरा जानकारि गराउदै संस्था र संस्थाका अध्यक्षको प्रशंसामै केन्द्रित रहेका थिए।
शुभकामनाकै क्रममा एन आर एन यू के का अध्यक्षले आफ्नो ब्यक्तिगत एवम एन आर एन यू केको तर्फबाट उपस्थित सबैमा नव बर्ष २०६९को सुभकामना दिदै नेपालिहरूको राजधानीको रुपमा रहेको रशमूर एरियामा रहेको नेपालिहरूको साझा संस्था ग्रेटर सशमूर नेपालि कमिनिटि एन आर एन यू केको काउन्सिल सदस्य रहेको र यसको सफलता नै एन आर एन को सफलता हो भन्दै खचाखच भरिएको हल सकारात्मक सूचक रहेको बताइ आगामी मे २० २०१२ मा हुने एन आर एन यूकेको काउन्सिल बैठकमा सहभागिताको लागि सम्पुर्ण संघ सन्स्थाहरुमा आव्हान गरेका थिए भने बेलायतका लागि नेपालि दुताबासका काउन्सिलर सहचारी खिमानन्द भुसालले सबैमा शुभकामना दिदै नेपालि नयाँ बर्ष कार्यक्रममा बेलायतका उच्च पदस्थ राजनैतिक कर्मि, प्रहरी र प्रशासन समेतको उपस्थितीले बेलायती जनता र नेपालि बीचको आपसी सकारात्मक तालमेल एवम हार्दिकतालाई पुस्ठि गरेको कुरा व्यक्त गरेका थिए। त्यसै गरि ग्रेटर सशमूर नेपालि कमिनिटिका अध्यक्ष भूपु मेजर टिकेन्द्र दल देवानले समस्त जनहरुमा शुभकामना दिदै ग्रेटर सशमूर नेपालि कमिनिटिले सदैव समस्त नेपाली एवम फरक संस्क्रिती बोकेका जनहरू तथा प्रहरि, प्रशासन, राजनैतिक कर्मीलगातलाईआफू र आफ्नो संस्थाको तर्फबाट सकारात्मक सहयोग गरेको, गरिरहेको र गरिरहने कुरा व्यक्त गर्दै नेपालिहरू बीच पर्न जाने कुनै पनि किसिमका समस्या बिषयमा ग्रेटर सशमूर नेपालि कमिनिटिलाई सम्पर्क गर्नु हुन सबैमा आव्हान गरेका थिए।
अध्यक्ष देवानको अनुमतिले पहिलो चरणको कार्यक्रम महा सचिब रोहित गुरुङबाट समापन गरे पश्चात दोस्रो चरणको कार्यक्रम पुस्पा गुरुङ र शिला लिम्बूले सन्चालन गरेका थिए भने सास्क्रितिक सचिव रबी गुरुङले प्राबिधिक सहयोग गरेका थिए।
नौमती बाजा, कौडा नाच, सकेला नाच, ब्रेक डान्स, होलिवुड डान्स, नेपालि लोक दोहोरी जस्ता अतीनै मनोरन्जनात्मक कार्यक्रमले हल गुन्जयमान भएको भने कार्यक्रमको अन्त्यसम्म पाहुना लगायत सबैले कमर मर्काइ मर्काइ नाचेर मनोरन्जन लिएका थिए।
अत्यन्तै सौहाद्रपूर्ण रुपमा सम्पन उक्त कार्यक्रममा रशमूर ब्रो काउन्सिलका मेयर ब्भिह ऋचबधायचम र उहाँकी धर्म पत्नी, रशमूर ब्रो काउन्सिलका व्गष्बि न्चबजबm र उहाँका पार्टनर, प्रहरी बरिस्ठ उपरिक्षक ःबचप ऋजबततभचतयल र उहाँकी धर्म पत्नी ग्रेटर सशमूर नेपालि कमिनिटिका अध्यक्ष भूपु मेजर टिकेन्द्र दल देवान र उहाँकी धर्म पत्नी,एनआरएन युकेका अध्यक्ष कुल आचार्य, जी आर एन सी प्रमुख सल्लाहाकार भूपु मेजर डमर घले र उहाँकी धर्म पत्नी, सल्लाहाकार सूर्य गुरुङ र उहाँकी धर्म पत्नी बबिता गुरुङ, भूपु मेजर कुल थापा, भूपु मेजर सूर्य उप्ध्याय, दिपक न्यौपाने, मधुकर गुरुङ , राम चन्द्र गुरुङ, भू पू क्याप्तेन राजेन्द्र मान गुरुङ, एनआरएन युकेका उपाध्यक्ष थर्क सेन, सहसचिब सुस्मा राइ, कोसाध्यक्ष दिलराज गुरुङ, प्रबकता जिब बेल्बासे र उहाँकी धर्म पत्नी अमिता बेल्बासे, सदस्य गणेश गुरुङ, तमुधी यूकेका अध्यक्ष मछेत्र गुरुङ, छेत्री समाज यू केका अध्यक्ष भीम बानिया ,बी जी डब्ल्यु एसका प्रबक्ता प्रकाश गुरुङ, मेजर रुद्र शाही र उहाँकी धर्म पत्नी, कार्य समिति उपाध्यक्ष द्वय सशी पौडेल, ओम थापा, महासचिब रोहित गुरुङ् र उहाँकी धर्म पत्नी, सचिब धन छेत्रि, कोशाध्यक्ष राम धन राई, सहकोसाध्यक्ष छबी माया पुन, सास्क्रितिक सचिब रबी गुरुङ्, खेलकुद सचिब अशोक थापा, सदस्य पुस्पा गुरुङ्, राजेन्द्र गुरुङ, टीका राम गुरुङ, सरिता थापा, शेस कुमारी पाली, बाचस्पती रेग्मी लगायत धरैजसो संघ संस्थाका प्रतिनिधिहरूको उप्स्थिती रहेको थियो।
जिब बेल्बासे
प्रबक्ता
जि आर एन सी
रुपाकोट समाज गुल्मीको सचिबमा भण्डारी
शनिबार कीर्तिपुरमा बसेको रुपाकोट समाजको बैठकले सचिब पदमा कार्यसमिति पदाधिकारी सुरज कुमार भण्डारीलाई नियुक्त गरेकोछ । रुपाकोट समाजको स्थापना देखि नै रुपाकोट समाज भित्र रही सक्रियता पुर्वक जिम्मेवारी निर्वाह गर्नुभएका तथा हाल स्वास्थ्य चौकी ललितपुरमा कार्यरत भण्डारी सिद्दबाबा युवा क्लब, रुपाकोटको अध्यक्ष भएर कार्यसंचालन गरिसक्नु भएकोछ । साथै उक्त बैठकले आगामी कार्यकालको कार्ययोजना पारित गर्नुका साथै सिद्देस्वर बहुउद्देसिय सहकारी संस्था लिमिटेड रुपाकोट गुल्मीको बैशाख १६ गते शनिवार रुपाकोटमा हुने प्रारम्भिक साधारण सभामा सक्रिय सहभागिता जनाई सभाको सफलताका लागि सहयोग गर्ने निर्णय पनि गरेको छ ।
सोमबार पनि गुल्मीमा आगलागी, ५ वटा घरगोठ जलेर नष्ट
जनार्दन घिमिरे
गुल्मीको ठूलोलुम्पेक गाविसमा आज विहान भएको आगलागीबाट दुईवटा घर र तीनवटा गोठ जलेर नष्ट भएका छन् । ठुलोलुम्पेकको वडा नंबर ८ चेमीमा रहेको क्षेत्रबहादुर कुँवर, वलीराम कुँवर र जमुना कुँवरका घरगोठ जलेका हुन् ।
विहान नौ बजे वलीराम कुँवरको भान्साकोठावाट सल्केको आगोले घर र गोठमा रहेका अन्नपात तथा लत्ताकपडा र कागजपत्रहरु जलेको स्थानीय हेमन्त कुँवरले जानकारी दिनुभयो ।
आगलागीमा परी एउटा भैसी र दुईवटा पाडी समेत घाईते भएका छन् । आगो स्थानीयवासीहरुको सहयोगमा तीन घण्टापछि मात्र नियन्त्रणमा आएको थियो । घरगोठ जलेपछि पीडितहरुले छिमेकीको घरमा आश्रय लिएका छन् ।
यस अघी हिजो मात्रै गुल्मीकै अर्खलेमा लिच्छिवीकालीन शैलीमा निर्मित ऐतिहाँसिक झझल्को दिने एक घर र संगै रहेको गोठ जलेर नष्ट हुँदा २२ लाख वरावरको क्षति भएको थियो । वर्षौ पुरानो कलात्मक शैलीमा निर्मित अर्खले गाविस वार्ड नं. ८ भाडगाउँ निवासी स्वर्गीय डा. टिकाराम पन्थीको उक्त घर र गोठ समेत जल्दा सो मुल्य वरावरको क्षति भएको थियो ।
शिक्षीत बेरोजगारहरु फोटोग्राफीमा अकर्षण
भरत पाण्डे
औपचारिक शिक्षा भन्ने हो भने स्नाकोत्तर गरेको तर रोजगारी छैन। गुल्मीको वस्तु १ का वावुराम पन्थी रोजगारीका लागि फोटोग्राफी तालिममा लागेका छन्।
त्यस्तै स्नातक अध्ययनरत दिव्रुङ्गका घनश्याम खरेल र कक्षा १२ मा अध्ययनरत जैसीथोककी प्रतिक्षा घर्ति मगर पनि फोटो ग्राफी तालिम लिएर सजिलै रोजगार पाउने अपेक्षा राखेका छन्। जताततै वेरोजगारीको समस्याको प्रतिनिधीमुलक पात्र मात्र हुन उनीहरु। समाजमा उनीहरु जस्ता थुप्रै शिक्षित युवाहरु रहेका छन्। आजदेखि गुल्मीको सदरमुकाम तमघासमा खुलिरहेको ३० दिने निशुल्क फोटोग्राफी तालिममा सहभागीको यस्तै गुनासा थिए पढेर के गर्नु रोजगार पाईदैन।
व्यवसायिक सिप विकास केन्द्र वुटवलको आर्थिक सहयोगमा जनविकास केन्द्र गुल्मीले आयोजना गरेको फोटोग्राफी तालिममा अधिकाँश शिक्षित तर वेरोजगार युवाहरु रहेका छन्। तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका सहायक प्रमुख जिल्ला अधिकारी वावुराम अर्यालले पनि सिप सिकेर स्वरोजगार वन्न प्रेरित गर्नुभयो। गुल्मीमा व्यवसायिक फोटोग्राफीको अभाव आफुले देखेको भन्दै अर्यालले फोटोहरु विग्रेर फोटो सहितको राहदानी एमआरपी वनाउन नागरिकहरुले आठ महिनासम्म ठुलो सास्ती खेप्नुपरेको वताउनुभयो।